Friday , June 18 2021
Breaking News
Home / समाचार / मन्त्री आलेद्वारा एक महिलाको यसरि बचाए ज्यान

मन्त्री आलेद्वारा एक महिलाको यसरि बचाए ज्यान

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आ’गोला’गीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि रु २५ हजार सहयोग प्रदान गर्नु भएको छ । डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुग्नु भइ मन्त्री आलेले उपचारका लागि रकम प्रादन गर्नुभएको उहाँका प्रशासन सहायक भक्त आलेले जानकारी दिनुभयो ।

अ’ज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्र’ज्वलनशील प’दार्थ छ’र्केर आगो लगाउदा उहाँ जलेर गम्भीर घाइते हुनुभएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि लक्ष्मीलाई आज मन्त्री आलेको पहलमा नेपाली हेलिकप्टर मार्फत काठमाडौँ ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार शुरु भएको छ ।

मन्त्री आलेले पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटको थप उपचारका लागि काठमाडौ ल्याइएको हो । अहिले लक्ष्मीको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न वर्न अस्पतलाका चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिनुभयो । घटनालगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट फरार रहेकाले श्रीमानले नै घटना गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

About admin

Check Also

पूर्वमन्त्री महेश बस्नेतले पठाए मेलम्चीमा २० लाखभन्दा बढीको राहत सामग्री

भक्तपुर, ४ असार- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *