Tuesday , June 15 2021
Breaking News
Home / समाचार / साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्यस्थिति बारे अस्पतालले दियो यस्तो जानकारी!

साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्यस्थिति बारे अस्पतालले दियो यस्तो जानकारी!

को’रो ना भा’इरस सं’क्रमणपछि अस्पताल भर्ना हुनु भएका विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको सो पार्टीका अध्यक्ष रविन्द्र मिश्रले जानकारी दिनुभएको छ । मिश्रले सामाजिक सञ्जाल मार्फत नेता थापाको स्वास्थ्य अवस्था अपडेट गर्दै यस्तो जानकारी दिनुभएको हो ।

मिश्रका अनुसार थापाको अवस्था अत्यन्तै गम्भिर रहेको छ । उहाँले डाक्टरहरू र देश (विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति थापाकाे परिवार अत्यन्तै अनुग्रहित रहेको पनि बताउनु भएको छ। मेडिसिटि अस्पतालमा एक्मो उपचार विधिबाट थापाको उपचार भइरहेको छ ।

करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराएका उनको विगत तीन दिनदेखि भने नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । सूचनामा लेखिएको छ- ‘उज्वल थापा को’रो ना भा’इरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराई विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको तपाईंहरूलाई अवगतै छ।

यस क्रममा अहिले अस्पतालमा ECMO प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ। उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ ।’

About admin

Check Also

सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म, आज हजुरहरुको आशीर्वाद र मेरो मेहनतले प्लेन चलाउने बन्दैछु

सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म ,आज आफन्त र हजुरहरुको आशीर्वाद र मेरो मेहनतले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *