Saturday , June 19 2021
Breaking News
Home / समाचार / कोहि जान नसकेपछि यी साहसि युवाद्वारा जोखिम मोलेरै कोरोना संक्रमित आमाछोराको मोटरसाइकलबाट गरे उद्धार (तस्विर सहित)

कोहि जान नसकेपछि यी साहसि युवाद्वारा जोखिम मोलेरै कोरोना संक्रमित आमाछोराको मोटरसाइकलबाट गरे उद्धार (तस्विर सहित)

काठमाडौ । महामारीका रुपमा फैलिएको नयाँ भेरियन्टले धेरै नागरिकको निधन भएको छ । पछिल्लो समय शहरहरुमा संक्रमितको संख्या खट्दै गएपनि अहिले ग्रामिण क्षेत्रमा संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्थांकले देखाएको छ । स्वास्थ्य सामग्री र साधनको अभाव भएको ग्रामीण क्षेत्रमा उपचार नपाएर संक्रमितको ज्यान जोखिममा पर्ने खतरा छ ।

यस्तोमा केही सामाजिक अभियन्ता ग्रामीण भेगमा सक्रिय भएका छन् । केही दिन यताको लगातार बर्षाका कारण आएको बाढी पहिरोले ग्रामिण सडक भत्किएका छन् । एम्बुलेन्स जाने अवस्था नभएपछि स्थानिय एक युवाले जुक्ती निकालेका छन् । उनले आफ्नो ब्यक्तिगत मोटरसाइकललाई एम्बुलेन्स बनाएर आफै संक्रमितको उद्दारमा जुटेका छन् ।

बर्षाका कारण विगत तीन दिनदेखि धादिङको बेनीघाट रोराङ १० जयपुरीमा एम्बुलेन्स जान सकेन । संक्रमित उपचार नपाएर ज्यान जोखिममा पर्ने अवस्था भएपछि युवाले मोटरसाइकललाई नै एम्बुलेन्स बनाएका हुन् । यस्तो काम गर्ने युवाको अहिले सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ । जयपुरीमा रहेका २ जना संक्रमितलाई युवाले अस्पताल लगिदिएका छन् । युवाले मोटरसाइकल मार्फत चौकीटार सम्म पु–याइदिएका छन् ।

धादिङको बेनीघाट रोराङ १० का तरुण दलका संयोजक समेत रहेका सागर श्रेष्ठले जयपुरीका सीत अधिकारी र शिशिर अधिकारीलाई आफ्नो मोटरसाइकल मार्फत चौकीटार सम्प पु–याइदिएका हुन् । संक्रमितको नजिक जान पनि डराउने ग्रामिण परिवेशमा उनले सुरक्षाको मापदण्ड पालना गरेर संक्रमितलाई सहयोग गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् । उनको यस्ता कामले अरुलाई पनि सहयोग प्रति उत्साह जगाउने स्थानियको भनाई छ । बिग्रिएको जोखिम सडकमा आफ्नो ज्यानको बाजी राखेर मोटरसाइकल मार्फत विरामीलाई उद्धार गरेकोले यतिबेला उनको कामको सबैले प्रशंसा गरेका छन् ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *