Saturday , June 19 2021
Breaking News
Home / समाचार / बिदेश बाट आउनेको लागि यस्तो नियम: आफ्नै खर्चमा दुईपटक पीसी आर गर्नुपर्ने !

बिदेश बाट आउनेको लागि यस्तो नियम: आफ्नै खर्चमा दुईपटक पीसी आर गर्नुपर्ने !

काठमाडौँ : विदेशबाट आउने यात्रुले आफ्नै खर्चमा अनिवार्य १० दिन क्वारे’न्टाइनमा बस्नुपर्ने, दुई पटक पीसी’आर परीक्षण गर्नुपर्ने र त्यसको सबै खर्च सम्बन्धित व्यक्तिले नै व्यहोर्ने गरी नयाँ मापद’ण्ड जारी भएको छ ।

जनस्वास्थ्यका मापद’ण्ड पालना गरेर सातामा ५ वटा अन्तर्राष्ट्रिय उडान अनुमति दिने जेठ १३ गतेको निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले ‘नेपाली तथा विदेशी नागरिक विदेशबाट नेपालआउँदा पालना गर्नुपर्ने २८ बुँदे मापदण्ड–२०७८’ ल्याएको हो ।

सरकारले तोकेको क्वा’रेन्टाइन, होम क्वारेन्टाइन, यात्रुको व्यवस्थापन, होटल क्वारे’न्टाइन अवधि व्यवस्थापन, होम क्वारेन्टा’इन निगरानी र अन्य विषय समेटिएका ६ वटा क्षेत्रका २८ बुँदामा मापद’ण्डलाई समेटिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्रलगायत सम्बन्धित निकायको समन्वयमा मापद’ण्डको मस्यौदा बनाएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको थियो ।

मस्यौदालाई स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले मापदण्ड जारी गरेको हो । मापदण्डको पालना गर्नेलाई मात्रै नेपाल आउन अनुमति प्रदान गर्न विदेशस्थित कू’टनीतिक नियोगहरूलाई परिपत्र गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले मापदण्ड कडाइका साथ पालना गर्न सबै निकायले आ–आफ्नोतर्फबाट संयन्त्रलाई क्रियाशील बनाएको बताए । मापद’ण्डको उल्लंघन गरिए को’भिड–सं’कट व्यवस्थापनसम्बन्धी अध्यादेशका प्रावधानअनुसार कैद र जरिवाना गरिने उनले जनाए ।

अब नयाँ मापदण्डअनुसार हवाईमार्गबाट नेपाल आउँदा सम्बन्धित विदेशी र नेपाली यात्रुले फोटो र बारकोड/क्यूआरकोडसहितको ने_गेटिभ पी’सीआर रिपोर्ट, १० दिन क्वारेन्टाइनमा बस्न होटल बुकिङ गरेको प्रमाणका आधारमा मात्रै विदेशबाट नेपाल आउन अनुमति दिइनेछ ।

मापदण्डअनुसार नेपाल आउने यात्रुले १० दिन होटल/क्वारेन्टा’इनमा बस्दाको सबै खर्च आफैं व्यहोर्नुपर्नेछ । क्वारेन्टा’इनमा बसेको ४ दिन र एघारौं दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ । खाडी मुलुक र मलेसियाबाट आएका नेपाली श्रमिकको हकमा भने ५ दिन क्वारेन्टाइनमा बसेर पीसीआर ने’गेटिभ आएपछि गन्तव्यमा जान दिइनेछ ।

गन्तव्यमा जानुअघिको क्वारेन्टा’इनमा बस्दाको खर्च पनि सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने व्यवस्था मापदण्डमा छ । सरकारी कामका सिलसिलामा विदेश गएर फर्किएका सरकारी कर्मचारी तथा सुरक्षाकर्मीले पनि पीसीआर परीक्षण र शुल्क आफैं व्यहोर्नुपर्नेछ । कूटनीतिक नियोगका कर्मचारी तथा उनीहरूका परिवारले सम्बन्धित दूतावासको सि’फारिसअनुसार गन्तव्यसम्म जान पाउने छन् ।

उनीहरूलाई सम्बन्धित कार्यालयको सिफारिसमा १० दिन होम क्वारेन्टाइनमा बस्न जान अनुमति दिइनेछ । विदेशबाट आउनेलाई क्वारेन्टा’इनका लागि होटलसम्म लैजाने, तोकिएको अवधिसम्म क्वारेन्टा’इनमा बसे–नबसेको अनुगमन, क्वा’रेन्टाइनमा बस्दा बिरामी भएमा उपचारको व्यवस्था, अवधि पूरा गरेकालाई गन्तव्यसम्म जान सहजीकरण एवं मापद’ण्ड पालना नगर्ने होटल सञ्चालकलाई का’रबाही सिफारिसलगायतको जिम्मा सीसीएमसीले गर्ने छ ।

काजकिरियाका लागि आएका, दी’र्घरोगी, शारीरिक अशक्त र बिरामीसँगै आएका हेरालु/सहयोगी/कुरुवा, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, ५ वर्षमुनिका नाबालकसँगै आएका आमा/बाबुलाई भने स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टाइनमा बस्ने गरी गन्तव्यमा जान दिइनेछ । का’जकिरियामा आउनेले ११ दिन र अन्यले ४ र ११ दिनमा आफ्नै खर्चमा पीसीआर परीक्ष’ण गर्नुपर्ने छ । त्यसको अनुगमन स्थानीय तहबाट गरिने व्यवस्था मिलाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ १८ देखि असार १६ सम्म सातामा ५ वटा अन्तर्राष्ट्रिय उडान गर्न नेपाल एयरला’इन्ससहित ४ वटा हवाई कम्पनीलाई अनुमति दिइसकेको छ ।

विदेशबाट हरेक बिहीबार ट’र्किस एयरलाइन्सलाई इस्ता’नबुल–काठमाडौं–इस्ता’नबुल, नेपाल एयरलाइन्सलाई सोमबार काठमाडौं–दोहा–काठमाडौं, सोमबारै कतार एयरलाइन्सलाई दोहा–काठमाडौं–दोहा, बुधबार नेपाल एयर’लाइन्सलाई काठमाडौं–दिल्ली–काठमाडौं र हरेक हरेक शुक्रबार एयर इन्डियालाई दिल्ली–काठमाडौं–दिल्ली उडान अनुमति दिइएको छ ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *