Monday , June 14 2021
Breaking News
Home / समाचार / काठमाडौंमा जोर बिजोरको तयारी

काठमाडौंमा जोर बिजोरको तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउने गरी गृह मन्त्रालयले छलफल सुरु गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने गृहकार्य थालेको हो ।

जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर लगाउनेबारे पनि छलफल भएको छ । सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने तर निजीको हकमा भने जोर विजोर गराउनेबारे पनि परामर्श भइरहेको छ । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने तीनै जिल्लाका प्रमुखको निष्कर्ष छ ।

निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने समेत बताइएको छ । निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् ।

जनस्वास्थ्यविद्हरुले भने अहिले नै लपरवाही नगर्न चेतावनी दिँदै आएका छन् । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालकया सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउनुहुन्छ ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *