Saturday , June 19 2021
Breaking News
Home / समाचार / खुशीकाे खबरः आज नेपालका यी जिल्लामा भेटिएनन् कोरोना संक्रमित

खुशीकाे खबरः आज नेपालका यी जिल्लामा भेटिएनन् कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकका यी १० जिल्लामा कोरोना भाइरस संक्रमित देखिएनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका सबै जिल्लामा संक्रमण देखिएको छ । प्रयोगशाला परीक्षणका क्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा पछिल्लो २४ घण्टामा कसैलाई पनि कोरोना संक्रमण नभएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै लुम्बीनी प्रदेशका रुकुम पूर्वमा संक्रमण देखिएको छैन । कर्णाली प्रदेशको डोल्पा, हुम्ला, जाजरकोट र मुगु जिल्लामा संक्रमित भेटिएनन् । सुदूरपश्चिम प्रदेशको बझाङ, बाजुरा र दार्चुला जिल्लामा पनि कोरोना संक्रमित देखिएनन् । यस्तै ४६ जिल्लामा पाँच सयभन्दा बढी र १४ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितको हिसाबले नेपाल कति औं स्थानमा पुग्यो ? काठमाडौं । कोरोना भाइरसको महामारीको दोस्रो लहर चलिरहँदा समेत अझै नियन्त्रणमा आउन सकेको छैन । विश्वभर कोरोना संक्रमितको संख्या १७ करोड ४५ लाखभन्दा बढी छ भने ३७ लाख ५६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ३ करोड ४२ लाख २८ हजार ३ सय ८२ जना संक्रमित भएकोमा ६ लाख १२ हजार ७ सय ५९ जनाको ज्यान गएको छ ।

कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९० लाख ७७ हजार ९ सय ६६ पुगेको छ । भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख ५३ हजार २ सय ४६ पुगेको छ । यस्तै तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड ६९ लाख ८५ हजार ८ सय १२ जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको ४ लाख ७४ हजार ६ सय १४ रहेको छ ।

यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो, तर्की पाँचौँ, रुस छैठौँ, बेलायत सातौँ, इटाली आठौँ, अर्जेन्टिना नवौँ र जर्मनी दशौँ स्थानमा रहेको छ । वर्ल्डोमिटरको तथ्या‌क अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ४० औँ स्थानमा छ । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ९५ हजार ३ सय ६४ पुगेको छ भने ८ हजार ९८ जनाको ज्यान गइसकेको छ ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *