Friday , June 18 2021
Breaking News
Home / समाचार / खुशीको खवर : अब देखि १२ सम्म पाठ्यपुस्तक निःशुल्क पाइने ।

खुशीको खवर : अब देखि १२ सम्म पाठ्यपुस्तक निःशुल्क पाइने ।

काठमाडौं : सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ ।

पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने

छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ । यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ । सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ ।

जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी र्दिए। जनक शिक्षाले हाल कक्षा ११ का नेपाली, अङ्ग्रेजी, सामाजिक विषयका पाठ्यपुस्तक छपाइ गरिरहेको छ ।

जनक शिक्षाले गतवर्ष पनि कक्षा ११ का अनिवार्य विषयका पाठ्यपुस्तक प्रकाशन गरी बिक्री वितरण गरेको थियो ।
कक्षा १२ को पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रले छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाएको छ ।

सरकारले असारबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय यसअघि नै गरिसकेको छ । यो अवस्थामा नयाँ शैक्षिक सत्र प्रारम्भ भएलगत्तै विद्यार्थीको हातमा नयाँ पुस्तक पु¥याउन समस्या नहुने जनक शिक्षाले दाबी गरेको छ ।

जनक शिक्षाले हाल सामुदायिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पुस्तक छपाइ कार्य पूरा गरेर बिक्री वितरणको तयारी सुुरु गरेको छ । कक्षा ४ देखि १० सम्म एक करोड ७७ लाख थान पुस्तक छपाइ गरिएको छ । गोरखापत्र दैनिकबाट

About admin

Check Also

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *