Monday , June 14 2021
Breaking News
Home / समाचार / साउन १ देखि बिदेशबाट ‘गिफ्ट’ आएको मोबाईल नचल्ने तर चलिरहेको मोबाईल भने यसरी चलाउन सकिन्छ ।

साउन १ देखि बिदेशबाट ‘गिफ्ट’ आएको मोबाईल नचल्ने तर चलिरहेको मोबाईल भने यसरी चलाउन सकिन्छ ।

सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेटमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लाई समाबेश गरेको छ । यतिवेला यसैको बिषयमा चौतर्फी चर्चा पनि चलिरहेको छ । यो सिस्टम लागू भएमा विदेशबाट भित्रिएका अवैध र दर्ता नभएका मोबाइल बन्द हुने भएका छन् ।

नेपालको मोबाइल सेवालाई व्यवस्थित गर्न सरकारले नै एमडीएमएस लागू गर्न लागेको हो । बैदेशिक रोजगारी र विभिन्न अवसरको शिलशिलामा बिदेशमा गएका नेपालीले आफन्तलाई उपहारको रुपमा आईफोन, स्मार्टफोन नै पठाइदिने गरेको पाइन्छ जुन भन्सार र प्राधिकरणमा दर्ता भएका हुँदैनन् । यसरी विदेशबाट पठाइदिएका र आएका मोबाइल फोनपनि नचल्ने हल्लाले प्रयोगकर्ता दोधारमा परेर आतिएको अवस्था छ ।

के बिदेशबाट पठाइदिएका मोबाइल पनि चल्दैनन् ? विदेशमा रहेका धेरै नेपालीले आफ्नो आफन्तलाई मोबाइल पठाउने अथवा आफु आउदा ल्याइदिने गरेका छन् । नेपालको तुलनामा विदेशमा मोबाइल तथा ल्यापटप सस्तो हुने भएकोले आफ्ना परिवारलाई विदेशबाटै उपहार आउने गरेको छ । यस्ता मोबाइल चल्न पाउँछन अथवा पाउँदैनन भन्ने बिषयमा सबैभन्दा चासो रहदै आएको छ ।

खासगरी नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू हुनु भन्दा अगाडि विदेशबाट उपहार तथा पठाइदिएका मोबाइललाई दर्ता प्रक्रियामा ल्याउने छ । तर, पहिले नै नेपाल आइसकेका फोनहरुलाई बन्द नगराउने बताएको छ । दुरसञ्चार प्राधिकरणका सह प्रवक्ता अच्युतान्द मिश्रले एमडीएमएस लागूहुनु भन्दा अगाडि नेपालमा विदेशीबाट आएका मोबाइल बन्द नहुने तर दर्ता चाहि हुँनेपर्ने बताएका छन्।

‘अहिलेसम्म चलेका मोबाइललाई प्राधिकरणले रोक्दैनन’ उनले भने ‘एमडीएमएस लागू हुन भन्दा अगाडि जुनसुकै च्यानलबाट नेपालमा भित्रिएका मोबाइललाई बन्द गर्ने योजना छैन तर, दर्ता प्रक्रियाको लागी समयावधि तोकिने छ’ । उनका अनुसार भन्सार विभागको गाइडलाइन अनुसार नै दर्ता प्रक्रियामा लग्न प्राधिकरणले सहयोग गर्छ । विदेशबाट आएका मोबाइललाई प्राधिकरणले निश्चित समय दिएर ह्वाइट लिस्टमा ल्याउने तर, बन्दै नगर्ने मिश्रको भनाई छ ।

तर, एमडीएमएस लागू भएपछि सिमानाकाबाट अवैध रुपमा भित्रने मोबाइल भने पुर्णरुपमा रोकिने छ । यो सिस्टम लागू भएपनि सेवाग्राही आतिहाल्नुपर्ने अवस्था नरहेको र अझ सेवाग्राही मैत्री एमडीएम सिस्टम हुने प्राधिकरणले जनाएको छ । विशेषगरी एमडीएमएसले अवैध मोबाइललाई नियन्त्रण गर्ने, हराएको मोबाइलको पहिचान गर्ने र आइएमईआई मोबाइल दर्ता प्रक्रियालाई अगाडी बढाउने काम गर्छ । मेरो लगानि ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *