Friday , June 18 2021
Breaking News
Home / समाचार / यी आमाको तस्बिरले संसारलाई नै बनायो भावुक, संक्रमित छोरालाई झयालबाट हेरी नै रहिन् !

यी आमाको तस्बिरले संसारलाई नै बनायो भावुक, संक्रमित छोरालाई झयालबाट हेरी नै रहिन् !

हामि सबैलाई थाहा नै छ संसारको सबैभन्दा ठुलो सम्बन्ध आमासँग नै हुन्छ । आमाको माया कत्तिसम्म अपार हुन्छ भन्ने हरेक सन्तानलाई थाहा नै छ।

हामिले आमालाई भगवानको रुपमा समेत लिने गर्छै । पछिल्लो समय एक तस्बिरले धेरैलाई भावुक बनाएको छ । तस्बिरमा एउटा अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचारका लागि भर्ना छन र आमाले झ्यालबाट हेरीरहेकि छिन् ।

राजधानी दिल्लीका अन्य अस्पतालहरुमा पनि अक्सिजनको कमी छ । एक दिन पहिले सर गंगाराम अस्पतालमा २५ जना बिरामीले अक्सिजनको कमीकै कारण आफ्नो ज्यान गुमाएका थिए । दिल्लीमा कोरोना भाइरसको प्रभाव उच्च छ । यहाँ शुक्रबार २४ हजारभन्दा धेरैमा संक्रमण देखिएको थियो ।

भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको बढ्दो खतराबीच अक्सिजनको संकट पनि चरम अवस्थामा छ । अस्पतालमा भर्ती भएका कोभिडका गम्भीर बिरामीको उपचारका लागि अक्सिजन जरुरी हुन्छ । यसको अभाव अहिले प्राणघातक साबित भइरहेको छ।

शनिबार दिल्लीको जयपुर गोल्डेन अस्पतालमा अक्सिजनको कमीका कारण २५ बिरामीको मृत्यु भयो । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर बलुजाका अनुसार अस्पतालमा शुक्रबार साँझ साँढे पाँच बजेसम्म आउनुपर्ने अक्सिजन मध्यराति १२ बजेमात्रै पुग्यो ।

याे पनि

९६ वर्षीय वृद्धाले एक सातामै जितिन कोरोना !

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीय वृद्धाले कोरोना भाइरसको सङ्क्रमणलाई जित्न सफल भएकी छिन् ।

दग्नामको कान्छी गाउँ घर भएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको भएकी हुन् । सात दिनअघि कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना सङ्क्रमण मुक्त भएपछि उहाँलाई घर पठाइएको गाउँपालिकाको कोभिड–१९ अस्पतालका डा सन्तोषप्रसाद बोहराले बताए ।

‘‘उहाँलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मीसहितको टोलीले अस्पतालमा ल्याउनुभएको थियो, अस्पतालमा ल्याउँदा उहाँमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार गर्‍यौँ , अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उहाँलाई घर फिर्ता गरेका छौँ’’, डा बोहराले भने ।

अस्पतालसम्म ल्याइपुर्‍याउँदा मानिस चिन्न समेत छाडिसकेकी वृद्धा आमाले कोरोना जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्के‍को पुनका छोरा खिमबहादुर पुनले बताए ।

‘अस्पतालको उपचारबाट हामी खुसी छौँ, शुरुमा आमाले मलाई समेत चिन्नुहुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौँ’’, पुनले भने ।

यसरी पछिल्लो समय कोरोना जित्नेको संख्या निरन्तर बढीरहेको छ ।

About admin

Check Also

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *