Monday , June 14 2021
Breaking News
Home / समाचार / घण्टौँसम्म इन्टरनेट गेममा झुम्मिने बालबालिकाका कारण चि’न्तामा अभिभावक ।

घण्टौँसम्म इन्टरनेट गेममा झुम्मिने बालबालिकाका कारण चि’न्तामा अभिभावक ।

काठमाडौं : निषे’धाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभि’भावकलाई चि’न्ता हुन थालेको छ ।

को’रोना सङ्क्र’मणको जो’खिमका कारण प्रशासनले निषे’धाज्ञा जारी गरेका कारण घरमै बसिरहँदा बालबालिकामा इन्टरनेट गेमको लत बढ्दै गएपछि उनीहरू एकान्तमा बस्न मन पराउने तथा अलग्गै कोठामा झ्याल ढोका लगाएर बन्द कोठामा

घण्टौँसम्म मोबाइल गेममा झु’ण्डिरहँदा अभिभावकहरूमा चिन्ता बढ्दै गएको हो ।अध्ययन गर्न काठमाडौँ गएका धनगढीका १४ वर्षीय एक किशोर आजभोलि कोरोना सङ्क्रमणका कारण आफ्नो घर धनगढी आएका छन् । पहिलापहिला काठमाडौँबाट घर आउँदा परिवारका सबै सदस्यसँग समय व्यतीत गर्न

रुचाउने उनको व्यवहारमा आजभोलि आएको परिवर्तन देखेर परिवारका सदस्यहरू चिन्तित भएका छन् । सामान्य समयमा आफ्नो कोठा र घरबाहिर धेरै समय बिताउने किशोर आजभोलि घण्टौँसम्म बन्द कोठामा खानेकुराको प¥र्वाह नगरी इन्ट’रनेटमा झुम्मिन थालेपछि परिवारमा चिन्ता थपिएको हो ।

“पहिला पहिला काठमाडौँबाट घर आउँदा साथीभाइ, अभिभावक तथा आफन्तहरुसँग बढी समय रमाउँथ्यो, एक्लै बस्न कत्ति पनि रुचाउँदैन थियो तर यसपालि के पो हो त्यो ‘फ्री फायर गेम’ खेल्छ, रातदिन कसैसँग बोल्दैन, केही खाँदैन, त्यसैले चि’न्ता लाग्ने गरेको छ”, ती किशोरका बुबाले भने ।

नयाँ भेरि’यन्टसहितको दोस्रो चरणको को’रोना सङ्क्र’मणबाट बच्न सङ्घ’र्ष गरिरहनुभएका कैलालीको घोडाघोडीका हरिराम विकलाई यो निषे’धाज्ञाको समयमा कोरोनाभन्दा पनि आफ्नी १५ वर्षीय छोरीले दिनरात एकोहोरिएर खेलिरहने इन्टरनेट गेमका कारण छोरीको मानसिक अवस्था केही होला कि भन्ने डरले सताएको छ ।

हप्का’उँदा वा कु’टपि’ट गर्दा केही बालबालिकाले आफ्नो ज्या’न जोखिममा पारेको सुनाएका हरिराम छोरीलाई हप्का’उन वा त’र्साउन आफैँ डराउने गरेको बताउछन् । “घरमा हामी आमाबाबुले बोलाउँदा नसुन्ने, झर्को मान्ने तथा एकोहोरिने खालका स्वभावले अझै चि’न्ता थपिएको छ

हरिराम भन्छन्, “कहिलेकाहीँ मौका पारेर उसले प्रयोग गर्ने मोबाइल लुकाइदिँदा पनि गेम खेल्न नपाउँदा झिँजो मान्ने, झग’डा गर्ने गरेको तथा बेलाबेलामा आफैँले भनेका कुराहरू पनि बिर्सिने गरेकाले इन्ट’रनेट गेमका कारण स्मर’णशक्ति कम’जोर भयो कि भन्ने हामीलाई लागेको छ, नि\षेधाज्ञा खुल्ने बित्तिकै नेपालगञ्ज उ’पचारका लागि लैजाने विचार गरेका छौँ ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *