Friday , June 18 2021
Breaking News
Home / समाचार / उपत्यकामा खुकुलो बनाउदै जेठभर निषेधाज्ञा, पसल खुल्ने, रातिमा निर्माण सामग्रीका गाडी चल्ने, हुने भयो धेरै सहज

उपत्यकामा खुकुलो बनाउदै जेठभर निषेधाज्ञा, पसल खुल्ने, रातिमा निर्माण सामग्रीका गाडी चल्ने, हुने भयो धेरै सहज

काठमाडौं उपत्यकामा जेठभर निषेधाज्ञा हुने भएको छ। बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो ।

यसै गरि बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेनरी किताव पसल विहान ९ बजे सम्म खोल्न दिने निर्णय गरेको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ ।

निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नु पर्ने उनले जानकारी दिए । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

यातायात क्षेत्र सञ्चालन गर्ने भन्ने विषयमा भने अहिले नै निर्णय नहुने बताइएको छ। ‘अत्यवाश्यक र कार्यालय र कामकारबाही अब सञ्चालन गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘तर, भिडभाड हुने सरकारी कार्यालय हाललाई बन्द नै गरिने छ। उनले यसबाहेक बिहे, पार्टी, भोजलगायत गतिविधि सञ्चालनमा पनि कडाइ गरिने बताए।

हाल उपत्यकामा निषेधाज्ञा कडा छ। जिल्ला प्रशासन कार्यालयले नै निषेधाज्ञा नमान्नेलाई जरिवाना र कैद सजायको व्यवस्था समेत गरेको छ। निषेधाज्ञा खुकुलो पारिएपछि प्रहरीले कडाई गर्न छाड्ने देखिएको छ। तर, बिनाकाम सडकमा निस्कने, भिडभाड गराउने, कोरोनाको जोखिम बढाउनेहरूलाई प्रहरीले कारबाही गर्ने बताइएको छ।

About admin

Check Also

बाढीले ७ को मित्यु हजारौं विस्थापित यदि दया छ भने रिप लेख्नु होस !

मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृ’त्यु भएको छ। प्रमुख जिल्ला अधिकारी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *