Sunday , September 19 2021
Breaking News
Home / समाचार / नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका खुल्यो भर्ना

नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका खुल्यो भर्ना

नेपाली सेनाले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।

बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

भाद्र १८ गते देखि असोज १६ सम्म योग्यता पुगेका उम्मेद्धारहरुले दरखास्त दिन सक्ने छन । डब्बल दस्तुर तिरेर असोज २४ गते सम्म दरखास्त दिन सकिने छ । लामो समय पनि नेपाली सेनामा नयाँ भर्ना खुलेको हो , देशका विभिन्न ठाँउ बाट दरखास्त दिन सक्नेछन ।

यो पनि पढ्नुहोस

चार महिनापछि बल्ल खुले विद्यालय, प्रवेश गर्नुअघि ज्वरो मापन, मास्क अनिवार्य

चार महिनापछि अर्थात गत वैशाबाट बन्द विद्यालय खुल्न थालेका छन्। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले स्वीकृति नदिएपनि स्थानीय तहको निर्णय अनुसार तनहुँका विद्यालयमा चार महिनापछि बल्ल पढाइ सुरु भएको हो।

तनहुँका १० मध्ये ब्यास, भानु र शुक्लागण्डकी नगरपालिका तथा ऋषिङ र घिरिङ गाउँपालिकाका विद्यालयले भौतिक रूपमै कक्षामा विद्यार्थी राखेर पठनपाठन थालेका हुन्। यहाँ आइतबारबाट विद्यालय खुले पनि धेरैजसोमा मंगलबारदेखि कक्षा सञ्चालन भएका हुन्।स्वास्थ्यको मापदण्ड पालना गरी कक्षा चलाएको शुक्लागण्डकी नगरपालिका(९ घारीस्थित तालबेसी माध्यमिक विद्यालयका प्रधानध्यापक धुर्व वाग्लेले जानकारी दिए। ‘विद्यार्थी विद्यालय प्रवेश गर्नु अघि ज्वरो नाप्छौँ। मास्क अनिवार्य गरिएको छ। सेनिटाइजर लगाएपछि मात्र कक्षा कोठामा प्रवेश गर्न दिएका छ,’ उनले भने।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *