Friday , September 24 2021
Breaking News
Home / समाचार / टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

काठमाडौं, १८ भदौ । नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।टेलिकमले बिहीबार एक सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका

अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता अवस्था पनि पाइएको छ ।यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहक वर्गले आफ्नो मोबाइल

सेटमा अनावश्यक र शङ्कास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन टेलिकमले अनुरोध गरेको छ । सूचनामा भनिएको छ, “सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनधिकृत कल नहुने भए पनि कम्पनीका ग्राहक वर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको छ

About admin

Check Also

भक्तपुरबाट १९ वर्षीया महिलासहित ६ जना पक्राउ, गरेछन यस्तो काण्डभक्तपुरबाट १९ वर्षीया महिलासहित ६ जना पक्राउ, गरेछन यस्तो काण्ड

काठमाडौं, असोज ८ – भक्तपुर प्रहरीले लागूऔषध कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । परिसरका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *