Friday , September 24 2021
Breaking News
Home / समाचार / नर्भिक अस्पतालले भन्यो- ५० लाख खर्च भइसक्यो, कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार देखिएन

नर्भिक अस्पतालले भन्यो- ५० लाख खर्च भइसक्यो, कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधार देखिएन

उद्धार गरेको झन्डै तीन महिना बित्न लाग्दासमेत मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ।

मंगलबार पत्रकार सम्मेलनमार्फत् अधिकारीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराउँदै अस्पतालले उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको बताएको हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निशालाई अझै पनि अक्सिजनकै सपोर्टमा सिसियूमा राखेर उपचार जारी गरिएको छ। आफैं खाना खाने अवस्था अझै पनि छैन भने शरीरमा केही मासु लागे पनि घाउहरू लामो समयसम्म निको हुन सकेका छैनन् ।

‘उद्धार गरेको केही दिनसम्म घिमिरेको स्वास्थ्यमा सुधार हुने लक्षणहरु देखा परेका थिए। उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन। तीन महिनापछि पनि कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर नै रहेको छ।’

नर्भिकका प्रबन्ध सञ्चाचालक मेघा चौधरीले घिमिरेको जेठ २७ गते केही समाजसेवीको सहयोग लिएर उद्धार गरेकी थिइन्। हालसम्म नर्भिकमा घिमिरेको उपचारमा लागेको सम्पूर्ण खर्च प्रबन्ध सञ्चालक चौधरी र अस्पतालले प्रायोजन गर्दै आएको छ। अस्पतालका अनुसार हालसम्म निशाको उपचारमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

पत्रकार सम्मेलनको अवसरमा नर्भिकले निशाको उपचारका क्रममा अरू कोही व्यक्ति वा संस्थाबाट कुनै पनि सहयोग नलिएको र लिन आवश्यक समेत नरहेको प्रष्ट पारेको छ।

‘निशा घिमिरेको उपचारका नाममा कोही-कसैले सहयोग रकम संकलन गरिरहेको भन्ने यदाकदा सुनिन्छ, तर यो विषयमा नर्भिक अस्पताल अनभिज्ञ रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको उपचार जारी रहेको र उनको स्वास्थ्य अवस्थालाई आवश्यक पर्ने अन्य सबै विकल्पहरुको विषयमा समेत सोच्नुपर्ने अवस्था आएको बताइएको छ।

‘स्वास्थ्य अवस्था स्थिर नै रहने हो भने उहाँलाई राम्रो रिह्याब सेन्टरको खाँचो पर्ने देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

डाक्टर पंकज जलान नेतृत्वको टिमले घिमिरेको उपचार गरिरहेको छ। डाक्टर जलानले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताएका छन्। उनका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना देखिन्न। दुर्घटनापछि घिमिरेको ब्रेनमा निकै ड्यामेज भएको र लामो समय उपचारविहीन अवस्थामा राखिएकोले समेत अहिले सबै कोशिशका बाबजुद घिमिरेको अवस्थामा अपेक्षित सुधार हुन नसकेको उनको भनाइ छ।

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको उद्धार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो। मोडल निशा आर्थिक अभावका कारण उपचार नपाएर घरमै अर्धचेत अवस्थामा थिइन्।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *