Sunday , September 19 2021
Breaking News
Home / Uncategorized / मुश्लिम समुदायबाट एमबिबिएस गरेकी नेपालकै पहिली डाक्टर जेवा खातुनलाई बधाई

मुश्लिम समुदायबाट एमबिबिएस गरेकी नेपालकै पहिली डाक्टर जेवा खातुनलाई बधाई

मुश्लिम समुदायबाट एमबिबिएस गरेकी नेपालकै पहिली डाक्टर जेवा खातुनलाई बधाई
मधेशका महिला अहिले पनि धेरै पछाडि छन् ।

मधेशभित्रको मुश्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटेपनि मधेसमा तुलनात्मक रुपमा मुस्लिम महिला सामाजिक रुपमा पछाडि नै छन् ।पछाडि परेको यो समुदायबाट चिकित्सा क्षेत्रमा अगाडि आएकी छिन् जेवा खातुन ।

जेवा हालै एमबीबीएस उतीर्ण भएर डाक्टर बनेकी छन्
सप्तरीको खडक नगरपालिका–८ कल्याणपुर निवासी खातुन ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उतीर्ण भएकी हुन् । उनी हाल पाटन अस्पतालमै काम गर्दैछिन् ।

सप्तरीको मुश्लिम समुदायबाट उनी पहिलो महिला चिकित्सक हुन् । गौरी सेकेण्डरी जनकपुरबाट २०६९ सालमा प्रथम श्रेणीमा एसएलसी उतीर्ण जेवाले विराटनगरस्थित अरनिको कलेजबाट प्लस टु उतीर्ण गरिन् ।

About admin

Check Also

ग्याँसको मूल्य मनपरि…

यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *