Friday , September 24 2021
Breaking News
Home / समाचार / काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा !

काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा !

काठमाडौँ – काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा हुने भएको छ। उपत्यकामा भदौ ५ गते, ६ गते र ७ गाते गरी लगातार तीन दिन बिदा हुने भएको हो।

भदौ ५ गते शनिबार परेको छ भने भदौ ६ गते जनै पूर्णिमा पारेको छ। भदौ ६ गते देशभर सार्वजनिक बिदा हुनेछ। त्यस्तै भदौ ७ गते काठमाडौँ उपात्याकामा मात्र सार्वजनिक बिदा हुनेछ। भदौ सात गते उपत्यकामा मनाइने गाईजात्रा परेका कारण बिदा हुने भएको हो। उक्त दिन उपत्यकामा मात्र बिदा हुनेछ।

२०७८ सालमा कति बिदा ?
गृहमन्त्रालयले २०७८ सालमा हुने सार्वजनिक बिदाको सम्बन्धमा राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ। प्रकाशित सूचनाका अनुसार यस वर्ष ५२ दिन शनिबार बिदा, पाँच दिन दशै बिदा, चार दिन तिहार बिदा, छ दिन विभिन्न पर्व बिदा, तीन दिन विभिन्न जन्मजयन्ती बिदा परेका छन्। सरकार यस वर्ष घटस्थापनामा पनि बिदा दिएको छ। असोज २६ गते फूलपातीदेखि ३० गते एकादशीसम्म दशैँ बिदा हुनेछ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने पार्टी निर्णय कार्यान्वयन गर्न उनले राजिनामा दिएका हुन ।

बुधबार हेटौँडामा बसेको एमाले बागमती प्रदेशसभा संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा गरेर उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *