Sunday , September 19 2021
Breaking News
Home / जीवनशैली / केराको बुङ्गो खानुका यस्ता छन् अनगिन्ती फाइदाहरु, बुढ्यौलीपन कम गर्नदेखी क्यान्सरको जोखिम कम गर्न अमृत समान

केराको बुङ्गो खानुका यस्ता छन् अनगिन्ती फाइदाहरु, बुढ्यौलीपन कम गर्नदेखी क्यान्सरको जोखिम कम गर्न अमृत समान

एजेन्सी । केरा निकै मिठो र स्वास्थ्यको लागी गुणकारी फल हो । यसमा हाम्रो स्वास्थ्यको लागी आवश्यक ३ वटा प्राकृतिक सुगर पाइन्छ । ती हुन् ,सुक्रोज फ्रुकोज र ग्लुकोज । त्यस्तै केराको कोसा बाहेक यसको बुङ्गो पनि हाम्रो लागी फाइदाजनक हुन्छ ।

यसले स्वालमा मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी काम गर्छ । बुङ्गोमा एन्टि अक्सिडियन्ट हुने हुँदा मुटुको समस्या ,क्यान्सर,बुढ्यौलीपन पनि कम गर्नका लागी सहयोग गर्छ ।

हामीले केराको बुङ्गोको विभिन्न परिकार बनाएर खाएमा पेट फुल्ने ,अपच हुने, दुख्ने र कब्जियतको समस्याबाट समेत बच्न सकिन्छ । त्यस्तै यसले मधुमेह र डिप्रेसन भएको व्यक्तिहरुको लागी एकदमै फाइदाजनक हुन्छ ।

किनभने केराको बुङ्गामा प्रशस्त मात्रामा म्याग्नेसियम र अनावश्यक ईन्सुलिनको मात्रा घटाउने तत्व पाइन्छ । मृगौला र मुत्र प्रणालीलाई समेत फाइदाजनक हुन्छ । किनभने केराको बुङ्गामा आईरन, क्याल्सियम तथा कपर जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ ।

यदि केराको बुङ्गोलाई पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्नेछ । त्यसका साथै अत्यधिक मात्रामा हुने ब्लिडिङ पनि कम हुन्छ । यो सुत्केरी तथा गर्भवती महिलाको लागि निकै फाइदाजनक हुन्छ ।

About admin

Check Also

साइतमा नराम्रो असर पार्ने ७ कुरा – जानकारीको लागी पढ्नुहोला

यदि तपाई कुनै कामका लागि घरबाट निस्केर कहिँ जाने तरखरमा हुनुहुन्छ भने निम्न कुराहरुख्याल गर्नुहोस् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *