Sunday , September 26 2021
Breaking News
Home / आर्थिक / आज बढ्यो की घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

आज बढ्यो की घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) पनि नेपाली बजारमा सुनको भाउ केही घटेको छ।

सोमबार प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

About admin

Check Also

आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *