Sunday , September 26 2021
Breaking News
Home / मनोरंजन / नायिका गरिमा पन्तलाई पुत्री लाभ, नाम राखिन् ‘प्रीषा’

नायिका गरिमा पन्तलाई पुत्री लाभ, नाम राखिन् ‘प्रीषा’

नेपाली चलचित्र उद्योगमा यति बेला अभिनेत्रीहरू गर्भवती हुने लहर चलेको छ ।अभिनेत्री रक्षा श्रेष्ठले छोरी केही महिना अघि जन्माइन भने हालै अभिनेत्री गरिमा पन्तले पनि छोरी जन्माएकी छिन् ।

नेपाली चलचित्र उद्योगबाट बिरानो बनेकी पन्त लामो समयदेखि बिदेशमा छिन् ।केही महिनाअघि आफू गर्भवती भएको ईन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी थिइन् । त्यसपश्चात् उनले सार्वजनिक गरेका हरेक तस्बिरले चर्चा पाइरहेको थियो । उनका बेबिबम्बका तस्बिर भाइरल नै बने ।

मङ्गलवार आफ्नो अफिसियल ईन्स्टाग्राममा छोरीको फोटो पोस्ट्याउदै गरिमाले खुसी व्यक्त गरेकी छिन् ।तस्बिरमा श्रीमान् सहित छोरी सँग छिन् । उनले तस्बिरसङ्गै लेखेकी छन्-‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौँ ।

About admin

Check Also

सिद्धार्थकि प्रेमीका शेहनाज प्रेमीको मृ त्यु भुल्दै अब फिल्म सुटिङमा लाग्दै छिन्

कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको धेरै दिन भैसकेको छ । सिद्धार्थको हृ दयघातले मृ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *