Monday , September 27 2021
Breaking News
Home / राजनीति / विद्यादेवीको बिदाई अन्तिम चरणमा , नयाँ राष्ट्रपतिमा माधवको नाम फाइनल

विद्यादेवीको बिदाई अन्तिम चरणमा , नयाँ राष्ट्रपतिमा माधवको नाम फाइनल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहलाई सरकारमा सहभागी हुन् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका छन्। देउवासंगै प्रचण्डले पनि सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ।

नेपाल समूह सरकारमा सहभागी भए ८ मन्त्रालय दिने देउवाले घोषणा गरिसकेका छन्। नेपाल समूहले भने केहि समयपछि यस विषयमा निर्णय गर्ने जवाफ दिएको छ। स्रोतका अनुसार नेपाल समूह सरकारमा सहभागी हुने संकेत देखाएको छ।

उता केपी शर्मा ओली समूहले भने नेपाललाई दोस्रो अध्यक्ष दिने घोषणा गरिसकेको छ। एमाले एकताको लागि ओली एकपछि अर्को निर्णय गर्दै व्याप सरेका छन्। तर नेपाल भने ओलीको कुनै पनि निर्णय र कुरालाई पत्याउने अवस्थामा देखिदैनन।

बुधबार मात्र ओलीले नेपाल दोस्रो पार्टी अध्यक्ष दिने घोषणा गरे। तर उक्त निर्णयको जवाफमा नेपालले ओलीको यस्तो अध्यक्षवाला प्रस्तावमा भ्रममा नपर्न आग्रह गरे। उनले ओलीको कुनै पनि कुरालाई विश्वास गर्न नसक्ने दावी गरे।

आज फेरी ओलीले बाटो बिराएका सबै नेताहरुलाई आममाफी दिएका छन्। आज बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालसहित सम्पूर्ण नेताहरुलाई आममाफी दिने घोषणा गरे।

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबार सकिएको बैठकले सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रमुख सचेतक भट्टराईका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर सम्वाद भइरहेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहेनहरुलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताएका छन् ।

नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । नेता नेपालले देउवालाई विश्वासको मत दिने आफूसहित एमालेका सांसदको कार्यलाई सर्वोच्च अदालतको फैसला तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुकूल रहेको भन्दै स्पष्टीकरण दिएका हुन् ।

उनले संविधानको धारा ७६ को उपधारा (५) को प्रक्रियामा सहभागी भइ मतदान गर्न पाउने प्रतिनिधिसभाका सदस्यहरुको एक विशिष्ट प्रकृतिको अधिकार भएकाले सो मतदानलाई लिएर कुनै किसिमको कारबाही गर्न नमिल्ने भनी सर्वोच्च अदालतले प्रतिषेधको आदेश जारी गरेको पनि नेता नेपालले पत्रमार्फत् स्मरण गराएका छन् ।

About admin

Check Also

के त्यसो गर्न केपी ओली साँच्चै तयार छन् ?

केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *