Monday , September 27 2021
Breaking News
Home / समाचार / लाइभ भिडियो बनाउने लो भमा १ सय ६० फिटमाथिबाट ख सिन्, अ स्प ताल पु ग्नअ घि नै मृ त्यु

लाइभ भिडियो बनाउने लो भमा १ सय ६० फिटमाथिबाट ख सिन्, अ स्प ताल पु ग्नअ घि नै मृ त्यु

सामाजिक सञ्जालमा

लोकप्रिय हुने लोभले एक महिलाको ज्यान गएको छ । सिओक्वियुमे नामकी यी चिनियाँ महिला पेसाले टावर क्रेन अपरेटर थिइन् । कामका सिलसिलामा उनी १ सय ६० फिटको उचाइबाट लाइभ भिडियो बनाउँदै थिइन्, त्यहाँबाट खसेपछि उनी घाइते भइन् । यति माथिबाट खस्दा पनि मोबाइल फोन भने उनको हातमै थियो । यी महिलालाई तत्कालै अस्पतालतर्फ लगियो । तर बाटोमै उनको मृत्यु भयो ।

१ लाखभन्दा धेरै फलोअर्स

बेलायती अखबार द सनको रिपोर्ट अनुसार उनले ‘सिओक्वियुमे’ नामबाट सामाजिक सञ्जालमा एकाउन्ट खोलेकी थिइन् । जहाँ, उनले आफ्नो जीवनका दैनिक गतिविधि तथा क्रेन सञ्चालनसँग जोडिएको भिडियो पोस्ट गर्ने गरेकी थिइन् । उनी सामाजिक सञ्जालमा निकै प्रख्यात थिइन् र १ लाखभन्दा धेरै फलोअर्स थिए ।

२३ वर्षकी यी महिला दुई छोराछोरीकी आमा समेत थिइन् । मंगलबार सबै सहकर्मीहरू कामका लागि गएका बेला लाइभ भिडियो बनाउनका लागि क्रेनमा चढेकी थिइन् । यस दौरान उनको खुट्टा चिप्लियो । यद्यपि, मृतक परिवारले यो दाबीलाई अस्वीकार गरेको छ । परिवारले आफ्नी छोरी कामलाई लिएर निकै गम्भीर भएको भन्दै उनले ड्युटीका दौरान भिडियो बनाउन नसक्ने दाबी समेत गरेको छ ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *