Saturday , September 25 2021
Breaking News
Home / समाचार / धनी बन्नकै लागि शिल्पा शेट्टीका पति राज कुन्द्राले यस्तो भिडियो बनाएको रहस्य बाहिरियो,भन्छन् ‘मलाई गरीबी देखी घृणा लाग्छ’

धनी बन्नकै लागि शिल्पा शेट्टीका पति राज कुन्द्राले यस्तो भिडियो बनाएको रहस्य बाहिरियो,भन्छन् ‘मलाई गरीबी देखी घृणा लाग्छ’

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अहिले सामाजिक सञ्जालमा सबै भन्दा बढी चर्चामा रहेका छन् । केही समय अघि उनले आफ्नो पारिवारीक पृष्ठभुमीका बारेमा खुलेर कुरा गरेका थिए । उनका अनुसार उनका बुवा लण्डनमा बस कण्डक्टर थिए ।

आमा एक फ्याक्ट्रिमा काम गर्थिन् । यसको अलवा राजले भनेका थिए कि उनलाई गरीबी देखी एकदमै घृणा थियो जसका कारण उनी धनी बन्न चाहान्थे । यो बताउँ कि उनै धनी बन्ने अभिलाषा बोकेका राज कुन्द्रालाई अहिले पुलिसले गिरफ्तार गरेको छ । सोमबार राती उनलाई मुम्बइ पुलिसले पोर्न फिल्म बनाउने गरेको आरोपमा पक्राउ गरेको हो ।

पुलिसका अनुसार राज केही मोबाईल एप्सको सहयोग बाट पोर्न फिल्म प्रशारण गर्ने गरेका थिए । राज २३ जुलाई सम्म प्रहरी हिरासतमै रहनेछन् । उनै राजले ०१३ मा फिल्मफेयर संग कुरा गर्दै भनेका थिए– म एक शान्त परिवार बाट हुँ । ४५ बर्ष अघि मेरो पिता लण्डनमा शिफ्ट भएका थिए । त्यहाँ उनले बस कण्डक्टरको नोकरी गरेका थिए ।

आमा ले पनि फ्याक्ट्रिमा काम गर्नुहुन्थ्यो । हामीलाई केही कुरा पनि सजिलै प्राप्त हुदैन थियो । म एक सेल्प मेड ब्यक्ति हुँ । मैले १८ बर्षको उमेरमा कलेज पढेको थिए । जब मलाई शिल्पा खर्च गर्नका लागि रोक्थिन म उनी संग भन्ने गर्दथिए कि जुन पैसा मैले कमाएको छु त्यसलाई खर्च नगरेर म के गरुँ ? उनले आफ्नो रिसले आफुलाई अघि बढ्न सहयोग मिलेको बताउँछन् ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *