Sunday , September 19 2021
Breaking News
Home / समाचार / प्रधानमन्त्री देउवासँग राजदूत यान्छीको भेटवार्ता, नेपाललाई थप १६ लाख डोज खोप दिने घोषणा

प्रधानमन्त्री देउवासँग राजदूत यान्छीको भेटवार्ता, नेपाललाई थप १६ लाख डोज खोप दिने घोषणा

मित्रराष्ट्र चीनले नेपाललाई को-भि’ड–१९ वि’रुद्ध थप १६ लाख डोज खोप दिने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफलताको शुभकामना दिन बालुवाटार पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले यस्तो घोषणा गरेकी हुन् ।

भेटवार्तामा राजदूत यान्छीले नेपाललाई को’रोनाविरुद्ध ल’ड्नको लागि निरन्तर सहयोग गर्ने पनि विश्वास दिलाएकी थिईन् । परराष्ट्र मन्त्रालयले उक्त भेटवार्ताबारे जानकारी दिँदै जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिएका दिएका थिए ।

यसैओबिच प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र वृद्धि गरी सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले आज सरकारका मुख्यसचिव शंकरदास बै’रागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई खोप केन्द्र बढाउन निर्देशन दिएका हुन्।

खोप केन्द्रहरू कम हुँदा भि’डभाड बढेको गु’नासोपछि आवश्यकताअनुसार खोप केन्द्र थप गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *