Sunday , September 26 2021
Breaking News
Home / समाचार / सेल्फी लिने लतले गुम्यो चर्चित मोडलको ज्यान

सेल्फी लिने लतले गुम्यो चर्चित मोडलको ज्यान

एजेन्सी । सामाजिक सञ्जालका विना अहिले मानिसको जिवन असम्भव हुन थालिसक्यो । आफन्तहरुसंग टाढिदै गएको नयाँ पुस्ता सामाजिक सजालमा भुल्न थालेका छन् । यसैमा फोटो सेल्फी पनि एक लत हो । अनेकथरी तस्बिर लिने र सामाजिक सजालमा पोष्ट गर्ने लतका कारण एक चर्चित मोडललले भने ज्यान गुमाएकी छन् । उनलाई सेल्फीको लत यति सम्म लागेको थियो की उनी ठूलो जोखिम उठाउँथिन् ।

तर संधैको दिन एक जस्तो हुँदैन । सेल्फी लिने क्रममा उनले ज्यान गुमाएकी छन् । यो घटना हङकङमा भएको हो । हालै हङकङकी चर्चित मोडेल सोफिया चेउङले सेल्फी लिने क्रममा आफ्नो ज्यान गुमाएकी छन् । उनी सामाजिक सजालमा निकै चर्चित छन् । आफ्ना फ्यानका लागि नयाँ तस्बिरहरु सार्वजनिक गरिरहन्थिन् ।

३२ वर्षीया सेफिया सामाजिक सञ्जालमा एकदमै सक्रिय भएका कारण उनका फलोअर पनि निकै धेरै थिए । आफ्ना फ्यानहरूलाई प्रभावित पार्न सेल्फी लिन लागिरहेकी थिइन् । सोही क्रममा उनी उच्च स्थानबाट खसिन् र उनको निधन भयो । सोफिया शनिवार आफ्ना साथीहरूसँग हङकङको एक नेचर पार्क घुम्न गएकी थिइन् । सोही क्रममा उनी खसेकी थिइन् । उनलाई नजिकको अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृ त घोषित गरे । घटना ‘हा पाक लाई’ भन्ने पार्कको पाइनएप्पल माउन्टेन नजिक भएको थियो ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *