Friday , September 24 2021
Breaking News
Home / Uncategorized / काठमाडौँमा बिहिबार ३३९ कोरोना संक्रमित थपिए, ललितपुर र भक्तपुरमा कति ?

काठमाडौँमा बिहिबार ३३९ कोरोना संक्रमित थपिए, ललितपुर र भक्तपुरमा कति ?

काठमाडौँ– काठमाडौँ उपत्यकामा मात्रै बिहिबार ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३३९, ललितपुरमा १३४ र भक्तपुरमा ८० जना कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार ६७६ जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार २५६ जनाको पिसिआर तथा चार हजार ५१२ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ७८२ र ८९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अवधिमा देशभर ३३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा नौ हजार ४६३ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ६ प्रतिशत छ । नेपालमा हालसम्म छ लाख २६ हजार ४६८ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

About admin

Check Also

आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने ६ सुत्र यस्ता छन् ।

आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने ६ सुत्र यस्ता छन् । के तपाई पत्याउनुहुन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *