Sunday , August 1 2021
Breaking News
Home / समाचार / बङ्गलादेशको जुस कारखानामा आगलागि हुँदा तीन महिलाको मृत्यु

बङ्गलादेशको जुस कारखानामा आगलागि हुँदा तीन महिलाको मृत्यु

काठमाडौं, असार २५ गते । बङ्गलादेशको एक जुस उत्पादन गर्ने कारखानामा आगलागि हुँदा कम्तिमा तीन जना महिला कामदारको मृत्यु भएको छ । उक्त आगलागि अन्य दर्जनौं कामदार घाइते भएका छन् ।

समाचार संस्था एएनआईले बङ्गलादेशको प्रहरी अधिकारीलाई उद्धृत गर्दै राजधानी ढाकाबाट २० किलोमिटर टाढा रहेको नारायणगञ्जस्थित जुस कारखानामा आगलागि भएको उल्लेख गरेको छ । छ तल्ले भवनमा लागेको आगो निभाउन १८ वटा अग्नि नियन्त्रक दस्ता परिचालन गरिएको छ ।

जिल्लाका प्रमुख अधिकारी मोहम्मद जयेदुल आलमका अनुसार तीन जना महिलाको शव निकालिएको र ३० जना घाइते भएका छन् । घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । स्थानीयले भने कम्तिमा ५० जना घाइते भएको दाबी गरेका छन् । आगलागिको कारण भने अझै स्पष्ट भइसकेको छैन् ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *