Sunday , August 1 2021
Breaking News
Home / समाचार / Breaking News- नरायणगढ–मुग्लिन सडकमा खस्यो भएनक ठुलो ढुंगा

Breaking News- नरायणगढ–मुग्लिन सडकमा खस्यो भएनक ठुलो ढुंगा

नारायणगढ–मुग्लिन सडकको १४ किलोमा बिहीबार साँझ ठूलो ढुंगा खसेको छ । पहिरोले सो सडक बिहीबार सबेरैदेखि अवरुद्ध थियो । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवानराज थापाको टोली दुई नम्बर पुल, पाँच किलो, जलबिरे, केराबारी र १७ किलोको पहिरो सफा गरेर फर्कने क्रममा साँझ सवा सात बजे फेरि १४ किलोमा ठूलो ढुंगा खसेको हो ।

पहाडबाट निकै ठूलो ढुंगा सडकमा बजारिँदा खाल्डो नै भएको थियो । ग्राभेल हालेर खाल्डो पुरेर एकतर्फी यातायात चलेको छ । तर ब्रेकरको सहायेगले मात्र ढुंगा फुटाउन सकिने हुँदा पूरै ढुंगा हटाएर दुईतर्फी यातायात चलाउन समय लाग्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

थप सामग्री – प्रदेश नम्बर २ को सिरहा–धनुषा जोड्ने हुलाकी सडकखण्ड अन्तर्गत पर्ने कमला नदीको पुल निर्माण भई उद्घाटन नहुँदै भासिएको छ । नदीमा आएको अत्याधिक बहावसँगै १० वर्षदेखि निर्माणाधीन पुल विहीबार दिउँसो दुई फिट मुनी भाँसिएको हो ।

१२ वटा स्पान र १३ वटा पायामध्ये सिरहातर्फबाट पूर्वपट्टी दोस्रो पाया भासिएको हो । २०६८ सालमा पप्पु लुम्बिनी बिल्डर्स जेभीले निर्माण थालेको पुलको काम अन्तिम चरणमा रहेको र उद्घाटनको लागि समय बाँकी रहेको उक्त पुल उद्घाटन नहुँदै भासिएको छ ।

ठेकेदार कम्पनीको लापरवाहीले ७ वर्षसम्म पप्पु कन्स्ट्रकसनले सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हटाएर लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी सुम्पेको थियो ।

विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले पुल निर्माणको काम गर्दै आएको थियो । पुल निर्माणको काम ९५ प्रतिशत पूरा भइसकेको र केही काम सकाएर उद्घाटनको लागि तयारी अवस्थामा थियो ।

चार सय ७० मीटर लम्बाई रहेको उक्त पुल भासिएपछि साउन दोस्रो साता उद्घाटन गरी यातायात सञ्चालन गर्ने योजना तुहिएको छ । यता जिल्ला प्रशासन कार्यालय सिरहाले कमला नदीमा पानीको बहाब बढ्न थालेपछि यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

कमला नदीको तटीय क्षेत्रका स्थानीयलाई कमला नदीमा पानीको बहाब उच्च रहेकोले सतर्क रहन आग्रह गरेको हो । नदीमा दुई मिटर वढी पानीको बहाब वढेको र तटबन्धलाई जोखिम पुर्याउन सक्ने भन्दै सर्तक रहन आग्रह गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलले बताए ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *