Monday , August 2 2021
Breaking News
Home / राजनीति / ओली सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्‍यायो-पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

ओली सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्‍यायो-पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

नेकपा (एमाले) का प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई गएका केही वर्षमा नयाँ उचाइमा पुर्‍याएको बताएका छन्। मंगलबार राष्ट्रिय धान दिवसको उपलक्ष्यमा भक्तपुरमा आयोजित रोपाईं कार्यक्रममा बोल्दै ज्ञवालीले ओली नेतृत्वको सरकारले मुलुकलाई केही वर्षमा नयाँ उचाइमा पुर्‍याएको बताएका हुन्।

‘प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गएका केही वर्ष मुलुकले नयाँ दिशा, नयाँ उचाई र नयाँ एउटा गति प्राप्त गर्‍यो,’ उनले भने, ‘कुनै बेला हिंसाको यस्तो बिगबिगी थियो।’कुनै समयमा हिंसाका कारण मानिसहरू बोल्न नसक्ने अवस्था रहेको बताए।

‘आफ्नै घरबाट कोही मान्छेलाई अपहरण गरेर हत्या गरिँदासमेत सुरक्षा निकायमा गएर उजुरी दिन नसक्ने र चन्दाको धम्की दिइयो भने आफैँ पोको पारेर चन्दा लगेर बुझाइदिने र कसैले मागेन भने म त ब्ल्याक लिस्टमा पो परेछु क्यार भन्ने एक खालको एउटा डरलाग्दो अवस्था थियो,’ उनले भने।

तर प्रधानमन्त्री ओली सरकारले त्यस विरूद्ध लगातार प्रतिवाद गरेर मुलुकलाई शान्ति प्रक्रियामा ल्याएको ज्ञवालीले बताए। ‘त्यो हिंसाको विरूद्धमा लगातार प्रतिवाद गरेर मुलुकलाई शान्ती प्रकृयामा ल्याउने एउटा त्यो धार त्यो लेगेसी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हामीले स्थापित गर्‍यौं,’ ज्ञवालीले भने।

थप समाचार – काठमाडौं। नेकपा एमालेमा देखिएको विवादका बीच वरिष्ठ नेता माधव कुमार नेपाल एक्लिने भएका छन् । नेकपा एमालेको भोलि बस्ने भनिएको बैठकमा माधव नेपालसहित ११ नेतालाई नबोलाइने भएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बस्दै छ । तर एमालेले माधव नेपाल सहित ११ नेतालाई भने बैठकमा बोलाएको छैन । तर माधव नेपाल पक्षकै अन्य नेताहरुलाई भने बोलाइएको छ ।

एमाले पार्टी कार्यालय स्रोतका अनुसार नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कासहितका ११ नेतालाई बैठकका लागि निम्ता दिइएको छैन । नेता खनाल भने उपचारका लागि भारतमा छन् । ति नेताहरुलाई ओली पक्षले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिसकेको छ । पार्टी विवाद मिलाउन दोस्रो पुस्ता वार्तामै रहेका बेला अध्यक्ष ओलीले सर्वोच्च अदालतले नचिनेको महाधिवेश आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

बुधवार बस्ने बैठकमार्फत यसअघि बनाइएको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ । एमाले अध्यक्ष ओलीले गत २८ फागुनमा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । सो कमिटीलाई सर्वोच्च अदालतले भने अस्वीकार गरिसकेको छ । केन्द्रीय कमिटी रूपान्तरण भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू स्वतः सक्रिय हुने छन् ।

About admin

Check Also

राष्ट्रपतिको ’भद्दा व्यवहार’

‘संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *