Monday , August 2 2021
Breaking News
Home / समाचार / आफ्नै बारिमा पाईने बेथे लट्टे र फर्सी को साग खानुका यति धेरै फाईदाहरु जान्नु होस् 

आफ्नै बारिमा पाईने बेथे लट्टे र फर्सी को साग खानुका यति धेरै फाईदाहरु जान्नु होस् 

आफ्नै बारिमा पाईने बेथे लट्टे र फर्सी को साग खानुका यति धेरै फाईदाहरु जान्नु होस्  फर्सीको साग हाम्रो करेसा बारी सजिलै उमार्न सकिने सब्जी हो ।फर्सीको मुन्टा भन्नसाथ तपाईंको मुखमा पानी आउँछ । धेरैका लागि यो स्वादिलो सब्जी हो । बेथे र लट्टेको स्वाद पनि तिख्खर हुन्छ । अतः यी सबै अहिलेको मौसमी सागपात हुन् । मौसम अनुकुल सागपात किन खाने यसका दुई कारण छन् । एक, यसमा असली स्वाद पाउन सकिन्छ । दोस्रो, आवश्यक पौष्टिक तत्व पाइन्छ ।

हुन त हामी वेमौसमी खानेकुरा खोजिरहेका हुन्छौ । तर, वेमौसमको खानेकुरा शरीरका लागि त्यती लाभदायक हुन्दैन । किनभने वेमौसमी उत्पादनका लागि कृतिम शैली अपनाइन्छ । प्राकृतिक रुपमा उब्जाउ भएको हुँदैन । त्यसैगरी वेमौसमी खानेकुरा फलाउन, भण्डारण गर्न केही यस्ता तरिका अपनाइन्छ, जो त्यती स्वस्थ्यकर हुँदैन । अहिले वषरयाम सुरु भइसकेको छ । यतिबेला फर्सीको मुन्टा, बेथे, लट्टे जस्ता सागपात प्रशस्तै पाइन्छ । यी सागपात निकै लाभदायक हुन्छ, स्वास्थ्यका लागि ।

लट्टेको साग किन खाने ?

कतिपयलाई औधी स्वाद लाग्छ, लट्टेको साग । वैशाखदेखि जेठसम्मको अवधीमा लट्टेको साग पर्याप्त पाइन्छ । यो सजिलै उम्रने र हुर्कने भएकाले सस्तो पनि पर्छ । साथै यसमा किटनासक लगायत हानिकारक तत्व प्रयोग हुने संभावना पनि न्युन हुन्छ ।

लट्टेको व्यवसायिक खेती गरिएको त्यती पाइदैन । सिजनमा अनुकुल माटोमा सजिलै उम्रने भएकाले यसको व्यवसायिक खेती नभएको हुनसक्छ । जे भएपनि लट्टेको साग भने स्वास्थ्यका लागि निकै लाभदायक छ । लट्ेको सागमा विभिन्न किसिमको पोषक तत्व पाइन्छ । यसमा खासगरी खनिज पदार्थ फलाम, क्याल्सियम, म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।

बेथेको साग किन खाने ?

बेथेको साग दुई किसिमको हुन्छ, एक सामान्य हरियो पात भएको । अर्को पातमा रातो भएको । दुबै किसिमको साग निकै लाभदायक हुन्छ ।खासगरी खोकी, पेटको समस्या, कब्जियतमा बेथेको साग उपयोगी हुन्छ । बेथेको साग नियमित सेवन गर्दा बाथ अर्थात युरिक एसिड, रक्त वा छालाको विकार हट्छ । बेथेको सागले शरीरभित्रको विकार हटाउन निकै सहयोग गर्छ ।

बेथेको सागमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन, मिनरल्स, आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ, जो अन्य सागसब्जीमा पाइदैन । औषधीको रुपमा बेथेको पञ्चाङ अर्थात पाँच अंग जरा, डाँठ, पात, फल र फूल प्रयोग गरिन्छ। यसको डाँठ र पातमा प्रोटिन, खनिज, भिटामिन पाइन्छ । बेथेको सागमा सेलिनियम, ओमेग थ्रि पनि पाइन्छ । अनियमित महिनावरी, कब्जियत, पत्थरी जस्ता समस्यामा बेथेको साग उपयोगी हुन्छ ।

फर्सीको साग किन खाने ?

फर्सीको मुन्टा फाइबरको राम्रो स्रोत हो । यसले पाचन यन्त्रलाई राम्रो बनाउँछ । यसमा भिटामिन ई, सी, ए, बी, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन पाइन्छ । साथै यो आइरन, फस्फोरस जस्ता खनिज पदार्थको स्रोत पनि हो । यसमा फाइबर त पाइने नै भयो ।

फर्सीको पात तथा मुन्टाको सेवनले हामीलाई कतिपय रोगको संभावनाबाट टाढा राख्छ । फर्सीको मुन्टा खासगरी उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता रोगबाट बच्न लाभदायक हुन्छ । फर्सीको मुन्टामा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्न पनि यो उपोगी हुन्छ । यसमा पाइने पोटासियमले पाचन यन्त्रलाई चुस्त राख्छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *