Monday , September 27 2021
Breaking News
Home / समाचार / मङ्गलबार बाट सार्वजनिक यातायात जोर-बिजोर गरी चलाउने निर्णय |

मङ्गलबार बाट सार्वजनिक यातायात जोर-बिजोर गरी चलाउने निर्णय |

सरकारले मङ्गलबारबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै निर्णय लिन लागेको बुझिएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको जोखिमको समिक्षा गर्दै निषेधाज्ञा खुकुलो बनाउन लागेको हो । जस अनुसार सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा खुलाउन लागिएको बुझिएको छ । सरकारले विद्यालयहरु भने अझै बन्द गराउने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ ।

थप सामग्री -सार्वजनिक यातायातको जोरबिजोर सञ्चालनबारे भोलि सूचना आउने- उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना भाइरसको जोखिम र निषेधाज्ञाले पारेको जोखिम नियन्त्रणको सकारात्मक प्रभावको समिक्षा गरेका छन् । उनीहरुले निषेधाज्ञा खुकुलो बनाउँदै लाने गरी मोडालिटी समेत तयार गरेका छन् ।

८ असारबाट निषेधाज्ञा खुकुलो पारी निजी सवारी र ट्याक्सीमा जोर बिजोर प्रणाली लागू गरिएकोमा यात्रु बोक्ने सार्वजनिक यातायातमा पनि सुरुवात गरिने भएको छ । भोलि सोमबार विहानै यसबारे सूचना जारी गरिने भएको छ । तीनवटै जिल्लाको जिल्ला प्रशासन कार्यालयले विहान १० बजे सूचना जारी गर्ने बुझिएको छ ।

सरकारले मङ्गलबारबाट लागू हुने गरी सार्वजनिक यातायातमा जोरबिजोरमा सञ्चालन गर्न दिने भएको हो । सरकारले विद्यालयहरु भने अझै बन्द गराउने भएको छ ।

यो पनि हेर्नुस -माधव नेपाललाई कहाँबाट आयो प्रधानमन्त्रीको अफर ?- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शनिबार पत्रकारसँगको अन्र्तक्रियामा आफूलाई प्रधानमन्त्रीको अफर आएको बताए । उनले कोबाट अफर आयो भन्ने खुलाएनन् ।

२५ जेठमा रिपोर्टर्स नेपालले माधव नेपाललाई प्रधानमन्त्री बनाउने सम्मको अस्त्र तयार शिर्षकमा खबर छापेको थियो । एमाले एकता जोगाउन नेपाललाई प्रधानमन्त्री बनाएर भएपनि मिलाउने प्रयास भएको खुलाएको थियो । यसलाई नेपालको शनिबारको भनाईले पुष्टि गरेको छ । माधव नेपाललाई आन्तरिक या बाह्य शक्तिबाट प्रधानमन्त्री बन्न सहयोग गर्ने अफर आएको हो ? यो चासोको विषय हुनसक्छ ।

एमाले एकता बचाउन र शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट रोक्न एउटा पक्षले माधव नेपाललाई नै बढाउनुपर्नेमा जोड दिदै आएको थियो । एमालेभित्रैको मध्यमार्गीहरुले नेपाललाई प्रधानमन्त्री बनाएर सहमति निकाल्न समेत खोजेका थिए । तर, माधव नेपाललै त्यो आश्वासनलाई पत्याएनन् । उनले ओलीको प्रधानमन्त्रीबाट बर्हिगमनलाई मुख्य उद्देश्य बनाएका छन् । उनले कुनैपनि अफरलाई स्वीकारेका छैनन् । देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने मुख्य नेता नै नेपाल थिए । उनले देउवालाई कुनै हालतमा धोका नदिने र बोलेको पूरा गरिछाड्ने दृढता व्यक्त गरेका छन् ।

माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउनुमा २३ सांसद समेतले प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेबारे दायर रिट झिक्ने शर्तमा पनि भएको बुझिएको छ । नेपालले भने ओलीको राजीनामा, प्रतिनिधि सभा विघटनको सिफारिश फिर्ता र २ जेठ २०७५ को अवस्थामा एमालेको सांगठनिक संरचना कायम राखिनुपर्ने शर्त राख्न थालेका छन् । ओलीले ६ बुँदे एकता प्रस्ताव सारे । तर, माधव नेपाल पक्षले त्यसलाई नमान्ने र जालझेलपूर्ण शैलीको संज्ञा दियो । आक्रामक शैलीमा बढे ।

एमाले एकताका लागि राष्ट्रपति विद्यादेवी भण्डारी देखि बामदेव गौतम समेत सक्रिय भए । माधव नेपाललाई प्रधानमन्त्री बनाएर जानेबारे पनि छलफल बढाएको बुझिएको छ । नेपाललाई प्रधानमन्त्री बनाउन ओली तयार भएमा एमाले फुटबाट जोगिने र माओवादी केन्द्र पनि एमालेसँग नजिकिने अवस्था बन्नेमा शितलनिवास देखि बामदेव निवास भैंसेपाटीमा छलफल चलेको थियो । नेपाललाई एकताका लागि सक्रिय यीनै पक्षबाट पनि अफर गएको हुनसक्ने बुझिएको छ ।

बाह्य शक्तिले पनि नेपाललाई विभिन्न शर्तमा प्रधानमन्त्री अफर गरेको हुनसक्ने अनुमानहरु गरिएको छ । ती शर्तहरु उनका लागि अप्रीय खालका पनि हुनसक्छन् । जे होस् नेपालले यसपटक आफू बोलीको पक्का भएको प्रमाणित गर्न खोजेका छन् । कुनै हालतमा देउवालाई धोका नदिने अडान सुनाइसकेका छन् । कुनैपनि प्रकारका प्रधानमन्त्रीका अफर आउँदैमा देउवासँगको साथ नछाड्ने दृढता व्यक्त गरेका छन् ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *