Saturday , September 25 2021
Breaking News
Home / प्रमुख समाचार / भोलिदेखी सार्वजनिक यातायात खुल्ने,काहा काहा र कसरी चल्छ त?हेर्नुहोस्।

भोलिदेखी सार्वजनिक यातायात खुल्ने,काहा काहा र कसरी चल्छ त?हेर्नुहोस्।

काठमाडौं असार भोलि देखि सार्वजनिक यातायात खुल्ने, सरकारले गर्यो यस्तो निर्णय करिब दुई महिनाको लकडाउनले हुँदा खाने नागरिक निकै आत्तिएका छन् । मजदूर वर्गलाई लकडाउनले निकै समस्यामा पारेको छ ।

मजदूरी गरेर जीविकोपार्जन गर्नुपर्ने व्यक्तिहरु अब लकडाउन खुल्ने आशमा छन् । निजि सवारी चलाई रह्दा सार्वजनिक यातायात पनि खोल्ने निर्णय भएको छ।

यसै कुरालाई ध्यानमा राख्दै देशभर जारी लकडाउनको स्वरुप परिवर्तन हुने भएको छ । को-भिड-१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनको स्वरुप परिवर्तन गर्ने र स्मार्ट लकडाउन जारी गर्ने निर्णय गरेको हो ।

जसअनुसार सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी-साधनमा जोर-बिजोर लागु गरिने भएको छ ।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ । निजी सवारीलाई जोर-बिजोर अनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

पछिल्लो समय शीतल निवास र बालुवाटारबीच सम्बन्धमा चिसोपना आएको बुझिएको छ ।

प्रधानमन्त्री केपी ओलीले गरेका निर्णय जति धमाधम अदालतले बदर गर्न थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारी बालुवाटारसँग बेखुस रहेको एमालेभित्र चर्चा चलेको छ ।

सरकारले गरेका निर्णय स्वीकृत गर्ने काम राष्ट्रपतिबाट हुँदै आएको छ । अहिलेसम्म सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेका स्वीकृति र नियुक्ति बदर गरेपछि भण्डारी असन्तुष्ट बनेको बुझिएको छ । जसकारण राष्ट्रपति भण्डारी आफैं सरकारी निकायसँग परामर्शमा जुट्न थालेको स्रोतले बतायो ।

केही समयअघि भण्डारीले निवर्तमान गृहमन्त्री खगराज अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग शीतल निवासमा छलफल गरेकी थिइन् । राष्ट्रपतिले गृहमन्त्रीसहित चारै सुरक्षा अंगका प्रमुखसँग छलफल गर्नुलाई भण्डारीमा समानान्तर शक्ति अभ्यासको इच्छा देखिएको विश्लेषण गरिएको छ ।

राष्ट्रपति सिधै सरकारका मन्त्री र सुरक्षा अंगका प्रमुखसँग परामर्श गर्नु संविधान विरोधी कदम हो । उनले आफूलाई केही जानकारी चाहिए प्रधानमन्त्रीलाई बोलाएर परामर्श गर्ने गर्छिन् । तर, केही दिनयता प्रधानमन्त्री केपी ओली पनि शीतल निवास जान छाडेका छन् । केही राजनीतिक जटिलता आइहाल्नेवित्तिकै शीतल निवास पुग्ने प्रधानमन्त्री ओली अहिले एक सातायता गएका छैनन् । अझ राष्ट्रपतिले गृहमन्त्री र सुरक्षा अंगका प्रमुखसँग सिधै परामर्श गरेपछि ओली हच्किएको बताइन्छ ।

त्यति मात्र होइन, भण्डारीले निवर्तमान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग समेत परामर्श गरेकी थिइन् । उनले कोभिड नियन्त्रण र खोप खरिदका तयारीका विषयमा छलफल गरेको बुझिएको छ । प्रधानमन्त्री ओलीकै सल्लाहअनुसार राष्ट्रपतिले पाँच देशसँग खोप सहयोग गर्न चिठी पठाए पनि कसैले रेस्पोन्स नगरेपछि भण्डारी असन्तुष्ट बनेको बताइन्छ ।

राष्ट्रपतिले प्रधानमन्त्रीलाइ पटकपटक सहयोग गर्दा पनि अपेक्षाकुत काम गर्न नसकेको भन्दै अब देखि ओलीको साथ छोडेको बताइन।

About admin

Check Also

कहाँ छन युटुबर भाग्य न्यौपाने ?

काठमान्डौ- अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रियपात्र ।पुर्बेली लबजमा क्यामेरामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *