Saturday , September 25 2021
Breaking News
Home / समाचार / आज तीनवटा प्रदेशमा मेघगर्जन र च ट्ट याङसहित भारी वर्षाको सम्भावना, मौसम विभागले गर्यो आगामी २४ घण्टे चे’ता वनी

आज तीनवटा प्रदेशमा मेघगर्जन र च ट्ट याङसहित भारी वर्षाको सम्भावना, मौसम विभागले गर्यो आगामी २४ घण्टे चे’ता वनी

आज पनि देशभर विभिन्न स्थानमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र च ट्या ङ सहित भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाका अनुसार राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र च ट्ट याङसहित भारी वर्षाको सम्भावना छ। महाशाखाले आगामी २४ घण्टाका लागि चे ता वनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जो खिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

About admin

Check Also

सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै , को हुन् ‘भाइरल राजा’ ? हेर्नुहोस

काठमाडौं : रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार रातारात चर्चामा आए । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *