Sunday , August 1 2021
Breaking News
Home / समाचार / प्रहरी हिरासत रहेकी ज्वाला संग्रौलाबारे भयो यस्तो खुलासा

प्रहरी हिरासत रहेकी ज्वाला संग्रौलाबारे भयो यस्तो खुलासा

काठमाडाैं । युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ज्वाला संग्रौलासहित तीन जनालाई पक्राउ गरेको छ ।काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार संग्रौलाका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पनि पक्राउ परेका छन् ।

उनीहरुमाथि अभद्र व्यवहारसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिले उनी प्रहरी हिरासतमा पुग्नुको कारण चाहिँ खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरी हो ।

ज्वाला र खुश्बु पुरानो साथी भएको खुलासा भएको छ । त्यति मात्रै हैन ज्वाला १५ वर्षअघि काठमाडौं आउँदा सुकेधारामा रहेको खुश्बुकै फ्ल्याटमा २ बर्ष उनीसंगै बसेको खुलासा भएको छ । यो ररहस्य थाहा पाएर उनका समर्थक समेत हैरान भएका छन् ।

यस्तो छ उनीहरुको पुरानो दोस्तीको कथा

इलामकी खुस्बु र झापाकी ज्वालाको सम्बन्ध निकै पुरानो हो । खुस्बुका अनुसार १८ वर्षअघि एउटा साहित्यिक कार्यक्रममा भाग लिने सिलसिलामा पहिलोपटक भेट भएका थियो । ज्वाला १५ वर्षअघि काठमाडौं आउँदा सुकेधारामा रहेको आफ्नै फ्ल्याटमा राखेको खुस्बुले बताइन् ।

‘खगेन्द्र संग्रौला (काका) ले आफूसँग राख्न नमानेको भन्दै मकहाँ आएकी थिइन् । मैल दुई वर्ष उनलाई आफ्नै फ्ल्याटमा राखेको हुँ,’ खुस्बुले भनिन् । तर, विस्तारै उनको चालचलन मन नपरेपछि हटाएको उनी बताउँछिन् । ज्वाला पछि जापान गइन् । जापान बस्दा नै सामाजिक सञ्जालमा चर्का स्टाटसहरु लेखेर भाइरल हुन थालिन् ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *