Friday , September 24 2021
Breaking News
Home / समाचार / रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गयो

रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गयो

काठमाडौं – रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गए राति अविरल बर्षाका कारण रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँएको हो ।

घर पुरिँदा टिकासिङकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा रहेका अन्य ३ सदस्य भने सकुशल रहेको जनाइएको छ । राति सुतिरहेको समयमा टिकासिङको घरमाथि पहिरो खसेको थियो ।

यो पनि पढ्नुहोस् , रोजगारी गुमाएका सवारी चालकको परिवारलाई देउराली यातायात अर्घाखाँचीले खाद्यान्न सहयोग गरेको छ ।

लकडाउनका कारण यातायात बन्द हुँदा रोजगारी गुमाएका परिवारलाई ७३ लाख ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरीएको हो । लकडाउनका कारण रोजगारी गुमाउन पुगेका चालक, सहचालक र कर्मचारीलाई संस्थाले खाद्यान्न वितरण गरेको सस्थाका अध्यक्ष गोविन्द बन्जाडेले बताउनुभयो ।

रोजगारी गुमाएका १ सय ४३ सवारी साधनका चालकलाई खाद्यान्न वितरण गरीएको हो । गाडी धनीलाई ४३ हजार रुपैयाँ, चालकलाई ५ हजार रुपैयाँ, सहचालकलाई २ हजार रुपैयाँ र कर्मचारीलाई प्रतिव्यक्ति ५ पाँच हजार रुपैयाँका दरले राहत दिएको समितिका कोषाध्यक्ष नारायण खड्काले बताउनुभयो ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *