Saturday , September 25 2021
Breaking News
Home / समाचार / भोलि देखि ट्याक्सी, पठाओ र टुटल चल्ने

भोलि देखि ट्याक्सी, पठाओ र टुटल चल्ने

काठमाडौं – टुटल र पठाओ लगायतका राइड सेयरिङ कम्पनीले भोलि मंगलबार देखि सेवा सञ्चालन गर्ने भएका छन्। सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले बताएका छन्। काठमाडौं उपत्यकामा भोलि देखि नयाँ तरिकाले निषेधाज्ञा हुने भएको छ । यस अनुसार मोटरसाइकल र स्कुटर जोर विजोर अंकका आधारमा संचालन हुने छन् ।

निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । आफूहरुले यसको तयारी गरिरहेको र सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गर्ने बस्न्यातले बताए ।

टुटलका सिइओ शिक्षित भट्टले पनि भोलिदेखि टुटलको सेवा सुरु गर्न आवश्यक तयारी पुरा गरिसेकेको बताए।  ‘दुई पांग्रे सवारीमा दुई जना चढ्न मिल्ने र ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय गरेकाले सोहीअनुसार तयारी भएको छ’, उनले भने।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *