Saturday , September 25 2021
Breaking News
Home / मनोरंजन / तीन झापाली गायिका एलिना, मेलिना र रचना एउटै फ्रेममा, देखियो यति राम्रो दोस्ती (हेर्नुस् भिडियो)..।

तीन झापाली गायिका एलिना, मेलिना र रचना एउटै फ्रेममा, देखियो यति राम्रो दोस्ती (हेर्नुस् भिडियो)..।

युवा पुस्ताका ३ चर्चित गायिका मेलिना मैनाली, रचना रिमाल र एलिना चौहान एउटै फ्रेममा देखिए । झापा घर भएका यी तीन गायिकाले एकआपसमा निकै रमाईलो कुराकानी गरे । तिनै जनाले कुराकानीका क्रममा एक अर्काको गीत गाएर पनि सुनाए ।

भ्वाईस अफ नेपाल-३ को नकआउट राउन्डबाट बाहिरिएसंग चर्चामा आएकी मेलिना मैनालीको आवाजको निकै प्रशम्शा भैरहेको छ । फिका फिका लाग्छ मलाई गाएपछी झनै उनको चर्चा चुलिएको छ । झापा, भद्रपुरबाट नेपाली सांगीतिक क्षेत्रमा करिअर बनाउने सपना बोकेर काठमान्डौमा आएकी मेलिना भ्वाईस अफ नेपाल-३ को नकआउटबाट बाहिरिए संगै चर्चामा छिन् ।

यस्तै झापाको भद्रपूरमा जन्मिएकी रचना सानै उमेरमा ठूलो सफलता पाउने कलाकारहरू मध्येकी एक हुन् । धेरै हिट गीतहरु गायकी उत्कृष्ट गायन क्षमता भएकी उनको साङितिक करियर भने २०२० बाट सुरु भएको थियो । उनी फ्रेन्चाइज सिङ्गीङ रियालिटी–सो नेपाल आइडल सिजन–३ बाट चर्चामा आएकी रचना भोटिङ राउण्डबाट बाहिरिएकी थिईन । त्यो समयमा तीन हप्तादेखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचना चौथो हप्तामा भने सबैभन्दा कम भोट पाउँदै प्रतिस्पर्धाबाट बाहिरिएकी थिईन ।

झापाकी अर्की चर्चित गायिका एलिना चौहान कभर गीत गाएर चर्चामा आएकी हुन् । कालीप्रसाद बास्काेटाको स्वरमा रहेको ‘इन्स्टाको फोटो’ मा कभर गाएपछी चर्चामा आएकी थिईन । ‘बरि लै’ को कभर गीत त ओरिजिनल गितभन्दा बढी हिट हुन पुग्यो । त्यसपछि उनलाई गीत गाउनका लागि संगीतकारहरूले पछ्याउन थाले। कभर गीतको चर्चापछि उनलाई काठमाडौं आएर गीत गाउनका लागि थुप्रै अफर आए। उनको क्र्याक स्वर नै अहिले सबैको मनपर्ने आवाज बनेको छ ।

युवा पुस्तामा चलेकी यी तिनै जना गायिकाको मित्रता राम्रो देखियो । रचना र मेलिनाको दोस्ती भने पुरानो हो । त्यसैले उनिहरु एकार्कालाई त, त भन्दै बोल्ने गर्छन् । सानै उमेरबाट गीत गाउने रचना र मेलिना स्कुल जिवनको गायन प्रतिपर्धामा भेट भएका थिए । त्यसपछी उनिहरुको दोस्ती कायम रह्यो । एउटै ठाउको भएपनी उनिहरुको भेट यहि कम्पिटिसनमा भएको थियो । जहाँ रचना पहिलो भएकी थिइन् भने मेलिना तेश्रो भएकी थिईन ।

आफ्नै धेरै फ्यान फलोअर्स बटुलेका सुन्दरी तिनै गायिकाले गायका धेरै गीतहरु हिट छन् । युवा पुस्तामा नै चर्चाको शिखरमा पुगेकी रचना, मेलिना र एलिना सामाजिक संजालमा आ-आफ्नै किसिमको चर्चा हुने गरेको छ । रचना गीतको साथौ कमेडीको हिसाबले पनि चर्चित छिन । बिशेष गरि उनले अन्तरबार्तामा दिएको उत्तरहरुलाई लिएर कमेडी बन्ने गरेको छ । एलिना क्र्याक स्वरका कारण चर्चित छिन् । मेलिना सोझोपन र सुमधुर स्वरका कारण चर्चामा छिन् । हेर्नुस् तीन गायिकाको रमाईलो कुराकानी भिडियोमा ।

About admin

Check Also

अब ४० मिनेट भन्दा बढी टि’कटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोक’प्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *