Saturday , September 25 2021
Breaking News
Home / समाचार / सिन्धुपाल्चोक बाढिपिडितहरुलाई चर्चित नायक आकाश श्रेष्ठ,राजिब बस्नेत र बर्गर हाउस टिमबाट १५ लाख बराबरको राहत

सिन्धुपाल्चोक बाढिपिडितहरुलाई चर्चित नायक आकाश श्रेष्ठ,राजिब बस्नेत र बर्गर हाउस टिमबाट १५ लाख बराबरको राहत

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा गएको बाढिपहिरो कारण हेलम्बु,मेलम्ची लगाएतको धेरै ठाउँहरु पुर्न रुपमा क्षति भएको छ।

बाढीले गर्दा धेरै जनजीवनहरु अफ्ठयारोमा परेका छन्। घर लगायत घर भित्र भएको सबै सामग्रीहरु बाढीले बगाएपछि उनीहरूलाई अहिले के खाने, का बस्ने भन्ने कुराले चिन्तित बनाएको छ। यसै क्रममा पीडितहरुलाई सहयोग गर्ने सहयोगी हातहरु पनि अगाडि बढेका छन्।

यसै क्रममा नायक आकाश श्रेष्ठ, राजिब जंग बस्नेत र बर्गर हाउसको टिमले सिन्धुपाल्चोक जिल्लाको बाढी पीडितहरुलाई लगभग १५,००,००० बराबरको सामग्री सहयोग गरेको छ।

संस्थापक बसन्त लामाको अगुवाईमा ओनरसीप राजीव जंग बस्नेत लगाएत बर्गर हाउसको सबै संचालन समिति को सदस्यबाट १ दिनमै करिब १५ लाख बराबर को खाद्यान्नमा ३०० बोरा चामाल, ७० वटा ग्यास, दाल, तेल, नुन लगायतका आधरभूत आवश्यकताको लागी ३०० परिवारलाई पुग्ने गरी राहत संकलन गरी मेलम्ची नगरपालिकाको राहत संकलन समितिलाई हस्तान्तरण गरिएको छ।

बितरण गरिएको सामाग्रीहरु :

यस कार्यमा चर्चित नायक आकाश श्रेष्ठ पनि हातेमालो गर्दै अगाडि बडिरहेको छन् । नायक श्रेष्ठ आफ्नो जन्मस्थल दाङ बाट २ दिन अघि यहि कार्यको लागि काठमाडौं आएका थिए। अर्का नायक राजिब जंग बस्नेतले यो कार्य गरेको थाहा पाएपछि बस्नेत सङ्ग सम्पर्क गरि आफू पनि हातेमालो गर्न तयार भएको बताउँछन् श्रेष्ठ ।पूर भिडियो हेर्न तल थिच्नुहोस् ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *