Saturday , September 25 2021
Breaking News
Home / समाचार / भोलि देखि नेपालका यी भूभागमा चट्याङ, हावाहुरी र असिना–पानी आउने, सचेत रहनुहोला

भोलि देखि नेपालका यी भूभागमा चट्याङ, हावाहुरी र असिना–पानी आउने, सचेत रहनुहोला

पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको च’क्र’वातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हि’मपा’तको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज च’क्र’वातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै श क्ति शाली च’क्र’वातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान म’हा’खाशाले प्रक्षेपण गरेको छ ।

सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका धेरै स्थानमा सा’मान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली÷पहाडी भूभागका केही स्था’न’मा हल्कादेखि मध्यम हिमपात – वर्षाको सम्भावना रहेको छ । महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हि’म’पात र वर्षाको सम्भावना रहेकाले मङ्गल’बारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनु रोध गरेको छ ।

देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम व’र्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भा’वना रहेको बताइएको छ ।

यो मौसममा मेघगर्जन-चट्याङ-हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले आवश्यक स’तर्कता अपनाउन महाशाखाको अ’नु’रोध छ । महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *