Sunday , September 19 2021
Breaking News
Home / समाचार / मेलम्चीमा भीषण बाढी : पुल र सडक बगायो, बस्ती छोडेर भागाभाग, केही बेपत्ताको आशंका

मेलम्चीमा भीषण बाढी : पुल र सडक बगायो, बस्ती छोडेर भागाभाग, केही बेपत्ताको आशंका

सिन्धुपाल्चोक। अविरल वर्षापछि मेलम्चीमा भीषण बाढी आएको छ।

मेलम्चीमा आएको बाढीले त्यस आसपासका क्षेत्रमा क्षति पुर्याएका खबरहरु आए पनि क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन।

सिन्धुपाल्चोक प्रहरीका अनुसार बाढीका कारण बस्तीमा क्षति पुर्याएको छ। रातिको समय र पानी परिरहेकाले सबै विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ।

मेलम्चीको बाढीले हेलम्बु गाउँपालिकाको किउला क्षेत्रमा क्षति पुर्याएको प्रहरीले बताएको छ।

बाढीले मानिसहरु बगाएको खबर आए पनि त्यसको पुष्टि हुन सकेको छैन। हेलम्बुको किउल, ग्याल्थुम, तालामाराङ क्षेत्रका स्थानीय घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन्।

मेलम्ची खानेपानी आयोजना क्षेत्रको क्याम्पमा पनि बाढीले क्षति पुर्याएको छ। बाढी आएपछि हेलम्बु, मेलम्ची वरपरका स्थानीयको भागाभाग भएको थियो।

त्यस क्षेत्रका पुल र सडक बाढीले बगाएको समाचारहरु आएका छन्।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *