Monday , September 27 2021
Breaking News
Home / समाचार / कोरोनाको समयमा आत्तिएका मानिसहरुले झनै बुझे आर्युेवेदिक औषधिको महत्व, आर्युवेदिनक औषधी किन्ने लाग्यो भिड

कोरोनाको समयमा आत्तिएका मानिसहरुले झनै बुझे आर्युेवेदिक औषधिको महत्व, आर्युवेदिनक औषधी किन्ने लाग्यो भिड

गलकोट अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो ।

पछिल्लो एक वर्षयता देखिएको कोरोना भाइरसले आयुर्वेद औषधिको महत्व उल्लेख्य बढाएको छ । अहिले आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीसमेत व्यस्त देखिन थालेका छन् । कोरोना जितेका अधिकांशले बेसार, गुर्जो, असुरोलगायतको सेवनका कारण कोरोना जितेको अनुभव सुनाउँछन् । सक्रिय सङ्क्रमित सङ्क्रमणको बखत बेसार र गुर्जो पानी नखाने कमै भेटिएका छन् ।

कोरोनाको हालसम्म कुनै औषधि नबनेका कारण कोरोना जित्न सहयोगीका रूपमा आयुर्वेद औषधिको प्रयोग गर्ने क्रम उल्लेख्य बढेको धवलागिरि आयुर्वेद औषधालयले जनाएको छ । कार्यालयले यस क्रममै सङ्क्रमितको हातहातमा आयुर्वेद औषधि पु¥याउने अभियान चलाइरहेको छ । कोरोना सङ्क्रमितलाई अनलाइनमार्फत योगाभ्यास गराउनेदेखि रोग प्रतिरोधात्मक औषधि वितरणसम्मको काम औषधालयले गर्दै आएको धवलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा सरोज रायले बताउनुभयो । “सङ्क्रमितले आफूखुशीसमेत आयुर्वेद औषधि सेवन गरेको पाइएको छ । तर फोनबाटै भए पनि सल्लाह गरेर खाँदा राम्रो हुन्छ, गुर्जो, बेसार, अदुवालगायतका औषधिको समेत मात्र मिलाएर खान आवश्यक हुन्छ, हामीले बारम्बार आइसोलेशन तथा होमआइसोलेशनमा गएर भन्दै र परामर्श गर्दै आयुर्वेदको महत्व दर्शाएका छौँ”, डा रायले भन्नुभयो, “अहिले कार्यालयबाट समेत दैनिक २० देखि ३० जनाभन्दा बढीले हामीले कोरोना जित्न सहयोग गर्र्न बनाएको औषधि प्रयोगका लागि लैजानुभएको छ भने करिब २१२ कोरोना सङ्क्रमितलाई कार्यालयले पालिकासँग समन्वय गरेर औषधि वितरण गरेको छ ।” कोरोनाको पहिलो लहरपछि निरन्तर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिको माग भएको र अहिलेसम्म ७५४ जनाले उक्त औषधि लगेको औषधालयको भनाइ छ ।

कोरोनाले आयुर्वेद औषधिप्रतिको भरोसासमेत बढाउँदै लगेको र लोपोन्मुख जडीबुटीको समेत संरक्षणमा टेवा पु¥याउने उहाँको भनाइ छ । गुर्जो गुमनामजस्तै थियो तर कोरोनामा एकाएक चर्चामा आयो अहिले कतिपय स्थानमा गुर्जोखेतीसमेत गर्दै आएको पाइएको छ । कोरोना सङ्क्रमित भई होमआइसोलेशन तथा आइसोलेशनमा बसेकाले कुनै न कुनै हिसाबले आयुर्वेद औषधि तथा औषधिजन्य पदार्थ सेवन गरेको डा रायको दाबी छ । नेपालका पाँचौँ कोरोना सङ्क्रमित बागलुङकी अंशु सापकोटा र छैटौँ सङ्क्रमित मनकुमारी पौडेलले समेत आत्मबल र आयुर्वेद औषधिको सहारामा कोराना जितेको बताउनुभएको थियो ।

होमआइसोलेशनमा बसेर कोरोना जित्नुभएका पत्रकार नारायण रिजाल, स्थानीय दुर्गा सुवेदीलगायतले होमआइसोलेशनमा बस्दा गुर्जो, टिमुर, बेसारपानी, पुदिना, बोझो, दालचिनीजस्ता आयुर्वेद औषधिको प्रयोग गरेको बताउनुहुन्छ । सङ्क्रमित बिरामीलाई लक्षणअनुसारको आयुर्वेदिक औषधि, आहार÷विहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले जनाउँदै आएको छ ।

औषधालयको सेवा नपुगेको बरेङ गाउँपालिका, काठेखोला, ताराखोला, बडिगाड गाउँपालिकामा समेत नागरिक आरोग्य सेवा केन्द्र, पालिकाको स्वास्थ्य शाखा र अस्थायी कोभिड अस्पतालमार्फत औषधि पठाई सेवा दिइरहेको छ । औषधालयले उत्पादन गरेको ‘आयुर क्वाथ’, ‘गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण’, अश्वगन्धा, गुडुची अमालाकी चुर्णलगायतका सङ्क्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्दै आएको छ । धवलागिरि आयुर्वेद औषधालयले उत्पादन गर्दै आएको ‘आयुर क्वाथ’, ‘गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण’को प्रयोग निकै बढी गरिएको छ ।

उक्त औषधिले कोरोना लाग्नबाट जोगाउने, कोरोना लागेमा जित्न मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा कोरोनापछिको रुघाखोकी, छातीको दुखाइसमेत कम गर्दै लैजाने डा राय बताउनुहुन्छ । उहाँका अनुसार कोरोना सङ्क्रमणको अवस्थामा आयुर्वेद औषधिसँगै दैनिक ४५ मिनेट योगाभ्यास गर्नुपर्नेछ । सङ्क्रमितले स्वास्थकर्मीको परामर्शमा औषधि खाँदा अन्य असर नगर्ने उहाँ बताउनुहुन्छ । गुर्जोले सुगर र प्रेसर घटाउने भएकाले स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै आयुर्वेद औषधि खान डा रायको सुझाव छ । उहाँका अनुसार गुर्जो, बेसार, जेष्ठवासादी, याष्टीमधुलगायतको मिश्रण धुलो दुई ग्राम पानीमा पकाएर खान सकिन्छ ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *