Monday , August 2 2021
Breaking News
Home / समाचार / मुख्यमन्त्री भेटन पुगेका राउटे किशोरी र परिवार, के भयो दु’र्व्यवहा’रको कुरा?

मुख्यमन्त्री भेटन पुगेका राउटे किशोरी र परिवार, के भयो दु’र्व्यवहा’रको कुरा?

सुर्खेत । राउटे समुदायका किशोरी र उनका परिवारले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेका छन् । शाहीको कार्यालयमा राउटे समुदायले भेटेका हुन् । शुक्रबार मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा राउटे परिवार पुगेका थिए । उनीहरुबीच राउटे समुदायले भोग्दै आएको समस्याका बारेमा कुराकानी भएको छ । सो भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।

मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । शाहीले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ । भेटघाटमा सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी पनि सहभागी भएका थिए ।

केहीदिन अघि सुर्खेतका युवाहरुको दु र्व्य वहा रमा किशोरीहरु परेका थिए । तर राउटे समुदायका प्रतिनिधिहरुले मुख्यमन्त्रीलाई भेटे पनि सो घटनाबारे भने मुख्यमन्त्रीको सचिवालयले केही कुरा सार्वजनिक गरेको छैन । भेटघाटपछि मुख्यमन्त्रीको कार्यालयमा उनीहरुले सामूहिक फोटो खिचाएका छन् । तस्बिर भने सार्वजनिक गरिएको छ ।

अवस्य हेराैंः कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि वितरण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले विभिन्न होम आइशोलेसनमा रहेका व्यक्तिलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । कोरोना भाइरस कोभिड–१९ संक्रमणलाई फैलिन नदिन लक्ष्य च्यावनप्राश, अश्वरगन्धा चूर्ण, गुर्जाेलगायत आयुर्वेदिक औषधि वितरण गरिएको हो । केन्द्रले जिल्लाका विभिन्न ठाउँमा रहेका आइशोलेसन पुगेर आयुर्वेदिक औषधि वितरण गरेको कार्यालयले जनाएको छ ।

आयुर्वेदिकको औषधि नियमित सेवनल रोगसँग लड्ने क्षमतामा बढ्ने केन्द्रको भनाइ छ । हालसम्म भोजपुुरको कोभिड अस्पताल रामप्रसादराई गाउँपालिका, भोजपुर नगरपालिका र जिल्ला अस्पतालमा आइसोलेशनमा रहेकामा औषधि वितरण भइसकेको र अन्य स्थानीय नागरिकलाई समेत वितरण गरिने योजना रहेको आयुर्वेद केन्द्रका सूचना अधिकारी दिलीपकुमार झाले जानकारी दिए ।

झाले भने, ‘‘जिल्लामा संक्रमितको सङ्ख्या बढिरहेको छ । आयुर्वेदिक औषधिले रोगसँग लड्ने क्षमता विकास गर्छ । जिल्लाका सबै संक्रमितलाई औषधि वितरण गर्ने लक्ष्य छ ।’कोरोना संक्रमित विरामीका लागि आयुर्वेदिक औषधीको प्रयोगले प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले यसको प्रयोग उपयोगी रहेको चिकित्सकले जनाएका छन् ।

संक्रमण दर दिनप्रतिदिन वढी रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर हिँडडुल नगर्न जिल्ला अस्पताल भोजपुरका प्रमुख फिपराज विश्वकर्माले आग्रह गरे । आयुर्वेदिक औषधि सबैको लागि उपयोगी भएकाले यसलाई प्राथमिकतामा राखेर वितरण गर्नुपर्ने जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ ।

यस्ता औषधि खरिद तथा वितरणमा प्रदेश तथा केन्द्र सरकारले प्रामिकतामा राखेर काम गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले बताए । कूल १५४ थान विभिन्न खालका प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जनाएको छ । शुक्रबारसम्म भोजपुरमा संक्रमितको संख्या ५५६ पुगेको छ भने २३९ जना निको भएर फर्केका छन् । जिल्लामा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *