Friday , September 24 2021
Breaking News
Home / जीवनशैली / पुरुषभन्दा राम्रो काम गर्छन् महिला मिस्त्री सम्मान स्वरुप सेयर गरौ !

पुरुषभन्दा राम्रो काम गर्छन् महिला मिस्त्री सम्मान स्वरुप सेयर गरौ !

पोखरा – कामको खोजीमा धेरै नेपाली दिदीबहिनी विदेश गएका छन्। राम्रो काम पाइने प्रलोभनमा परेर विदेश गएका धेरै दिदीबहिनीले रोजगारका क्रममा कठिन जिवन बाँच्न बाध्य भएका समाचार आइरहेका छन्। यस्ता समाचार आइरहेपनि कामको खोजीमा नेपाली युवतीहरु विदेश जाने क्रम भने रोकिएको छैन्। यतिबेला कोरोना कहरले वैदेशिक रोजगारमा रहेका धेरै युवायुवती बेरोजगार भएर देश फर्कने प्रतिक्षामा छन्।

देशमा बेरोजगारी बढेको छ। कोरोनाकाबीच पनि युवायुवती विदेश जान लाइनमा छन्। नेपालमै घर बनाउने, प्लास्टरर, प्लम्बीङ, टायल बिच्याउने, फनिचर लगायतका काममा नेपाली मजदुरको अभाव छ। यस्ता काममा भारतीय मजदुरको बाहुल्यता रहेको छ। नेपालमा यस्तै काम गरेर भारतीयहरुले वर्षौदेखि खरबौ रुपैयाँ आफ्नो देशमा रेमिट्यान्सको रुपमा लगेका छन्। घर बनाउने काम गाह्रो हुने भएकोले महिलाले घर बनाउने काम गर्न सक्दैनन् भन्ने चलन थियो। पछिल्लो समयमा भने यो भ्रम तोड्दै महिलाले अवसर पायो भने जुनसुकै काम पनि गर्न सक्छन् भन्ने उदाहरण देखाएका छन्।

पोखरामा पछिल्लो समयमा युवतीहरु घर बनाउन हेल्पर मात्र होइन मिस्त्रीको काम गरेर पुरुष बराबर दैनिक ज्याला लिने गरेका छन्। सिन्धुली घरभई पोखरामा बस्ने २८ वर्षीय सरिता घिमिरे पाँच वर्ष अघिदेखि मिस्त्रीको काम गर्दै आएको बताइन्। उनले भनिन्, ‘८ कक्षा पढ्दा पढ्दै पढ्नमा रुची नै भएन। पहिले घर बनाउन हेल्परको काम गरे। ६ महिना पछि मिस्त्रीको काम सिकेर पुरुष बराबर ज्याला लिने गरेको छु।’

पोखरा १८ सराङ्कोटमा जन्मेकी उनी ४ दिदी बहिनी र २ दाजुभाइबीचकी कान्छी छोरी हुन्। पढ्न मन नभई नभई पढ्नुभन्दा जेमा रुची छ त्यसैमा रमाउनु पर्छ भन्ने लागेर घर बनाउने काम सिकेको उनले सुनाइन्। ‘घरमा बाबा आमाले पहिले त पढ्न छाडेर घर बनाउने मिस्त्री काम गरेकोमा गाली गर्नुभएको थियो। अहिले भने घरमा पनि खुशी नै हुनुहुन्छ’ उनले सुनाइन्।

बिहेपनि घर बनाउने ठेक्दार सँग नै गरेपछि काम गर्न थप सहज भएको उनले बताइन्। उनी भन्छिन्, ‘श्रीमान अहिले विदेशमा हुनुहुन्छ। म यहाँ ५ वर्षको छोरालाई हुँकाउँदै काम गरिरहेको छु।’ महिनामा कम्तीमा २५ हजार कमाइ हुने गरेको उनले बताइन्। ठेक्दारले मिस्त्रीलाई महिला पुरुष बराबर दैनिक एक हजार रुपौयाँ ज्याला दिन्छन्। काम नियमीत पाउने भएकोले ठेक्दारमार्फत काम गर्दा उपयुक्त हुँने उनले बताइन्। आफै काम खोजेर गर्दा दैनिक १२ सय देखि १५ सयसम्म लिन सकिने उनले सुनाइन्।

About admin

Check Also

सुन्दर नर्स करुणालाई यस्तो बिरामी, भन्छीन जिन्दगीको कुनै टुङ्गो हुदैन (भिडियो हेर्नुस)

सामाजिक संजाल टिकटकमा नेपाली आधुनिक गीतहरुमा टिकटक बनाइ चर्चामा रहेकि एक नर्स हुन करुणा दाहाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *