Friday , September 24 2021
Breaking News
Home / खेलकुद / नेपालले खेल्ने ‘विश्वकप छनोट’का म्याच लाइभ हेर्न पाइने ।

नेपालले खेल्ने ‘विश्वकप छनोट’का म्याच लाइभ हेर्न पाइने ।

काठमाडौं : नेपालले खेल्ने विश्वकप फुटबल छनोटका खेल टेलिभिजनमा हेर्न पाइने भएको छ । कुवतेमा हुन लागेको छनोट अन्तर्गतका बाँकी तीन खेल नेपालको कान्तिपुर टेलिभिजनबाट हेर्न पाइने भएको हो ।

नेपालले २० गते चाइनिजत ताइपेइसँग र २४ गते जोर्डनविरुद्ध खेल्दैछ । प्रत्यक्ष प्रसारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र कान्तिपुर टेलिभिजनबीच सम्झौता भएको छ । जसमा एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर

टेलिभिजनका मार्केटिङ हेड गौरी दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । यसको बजार व्यवस्थापनको जिम्मा ए.डी. रिलिजले गर्नेछ । नेपालले घरेलु मैदानमा खेल्नुपर्ने प्रतियोगिता कोभि’डका कारण तथस्ट मैदानमा खेल्न लागेको हो । अन्तिम खेलमा नेपालले जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

यी सबै खेल राति पौने १० बजेदेखि सुरु हुनेछन् । विश्वकप छनोटअन्तर्गत नेपालले हालसम्म एक खेलमा जित हात पारेको छ भने अरु चार खेलमा हारको सामना गरेको छ ।

अहिलेको समिकरणमा नेपाल समूहका उत्कृष्ट चौथो टिममध्ये अन्तिम स्थानमा छ। आठ समूहका उत्कृष्ट चार टिममा युएई, म्यानमार, भारत र यमन छन्। त्यसपछि हङकङ पाँचौं, माल्दिभ्स छैटौं, श्रीलंका सातौं र नेपाल आठौं स्थानमा छन्।

कसैगरी चौथो हुने मध्ये उत्कृष्ट चार टिममा पर्न नसके नेपालले प्लेअफ खेलेर एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन सक्नेछ। प्लेअफ १२ टिमबीच हुनेछ। वरीयताका आधारमा हुने प्लेअफबाट ८ टिम तेस्रो एसिया कपको तेस्रो चरणमा पुग्नेछन्।

२४ टिमबीच हुने तेस्रो चरणमा ४-४ टिम सम्मिलित ६ समूहमा प्रति’स्पर्धा हुनेछ। समूहका उत्कृष्ट २-२ टिम गरी १२ टिम तेस्रो चरणको छनोटबाट एसियन कप २०२३ का लागि छनोट हुनेछन्।

नेपालले सन् २०२३ मा चीनमा हुने एसियन कपमा स्थान बनाउन सुरूमा तेस्रो चरणमा स्थान बनाउनु पर्नेछ। तेस्रो चरणमा पुगेको अवस्थामा समूहमा शीर्ष दुईमा परेमा नेपाल पहिलो पटक एसियन कपमा छनोट हुनेछ। -बझाङ न्युज

About admin

Check Also

आज जोर्डन संग भिड्दै नेपाल, के जित्ला त जोर्डनलाई ? कोच यसो भन्छन् । हेर्नुस् खेल ईतिहास ।

आज नेपालले फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत जोर्डन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *