Sunday , September 26 2021
Breaking News
Home / Uncategorized / बिष्णु माझीको चरी जेलैमा लगत्तै मन रुवाउने आर्को गीत ‘पिंजडाको चरी’, एकाएक भाइरल (भिडियो)

बिष्णु माझीको चरी जेलैमा लगत्तै मन रुवाउने आर्को गीत ‘पिंजडाको चरी’, एकाएक भाइरल (भिडियो)

काठमाडौं । पाल्पाली गायक तथा सर्जक पुरुषोत्तम गैरे नयाँ गित बजारमा ल्याएका छन् । गायक गैरेले पिंजडाको चरी बोलको मन रुवाउने गीतिसंग्रह सार्वजनिक गरेका हुन् ।

पुरुषोत्तम गैरे नामक आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा चर्चित गायिका सुनिता बुढाले साथ दिएकी छन् । यो गीतले माया प्रेम र बिछोडिनु पर्दाको पिडा उठाएको छ ।

कोभिड १९को कारण भएको लकडाउनमा गाउँमै बस्दा उनले उक्त गीतको सिर्जना गरेका हुन् । उक्त गीत टिकटकमा भाइरल भएको छ । यसरी टिकटकमा आफ्नो गीत भाइरल हुँदा निकै खुशी लागेको बताए ।

बिमल पौडेलको शब्द रहेको गीतमा संगीत स्वयम् गैरेले भरेका छन् । गीतको एरेन्ज कृष्ण बिके (भान्जा)ले गरेका छन् ।

गीतमा हेमन्त रसाइली सारंगी, बासुरीमा रत्न फुलुट, मादलमा खड्क बुडा मगर, ढोलकमा भुवन गन्धर्व र गितारमा संजीव लिम्बुको साथ रहेको छ । उक्त गीतको भिडियोमा क्रान्ति केसीले निर्देशन निर्देशन गरेका छन् ।

गीतको भिडियोमा गायक गैरेसँगै चर्चित मोडल अन्जली अधिकारी, संगम भण्डारी लगायतको अभिनय रहेको छ ।

About admin

Check Also

आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने ६ सुत्र यस्ता छन् ।

आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने ६ सुत्र यस्ता छन् । के तपाई पत्याउनुहुन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *