Monday , June 14 2021
Breaking News
Home / जीवनशैली / अभागी भित्रकाे भाग्यमानी श्रीमान भए संसारनै उज्यालो हुन्छ, त्यसका उदाहरण हुन् विनोद

अभागी भित्रकाे भाग्यमानी श्रीमान भए संसारनै उज्यालो हुन्छ, त्यसका उदाहरण हुन् विनोद

काठमाडौं कार्तिक महिनाकाे अन्त्य-तिर गर्मी-लाई विदाइ अनि जाडाेलाई निमन्त्रणा गरी स्वागत गरिरहेकाे शुभ प्रभातकाे समय सूर्यकाे किरणले शरीरमाथि भिटमिन डि उत्पादन गरिरहेकाे थियाे ।
आँखा माेवाइलकाे फ्रेमतिर दाैडिरहेका थिए । दाैडिरहेका अाँखा एउटा दृश्यमा टक्क अडियाे । त्यसमा विनाेद खड्का भाइकाे मर्म-स्पर्शी भनाइले वा दृश्यले मेरो अन्तरमनलाई छाेएर आँखा त अनायासै रसाउन थालेछन् ।

लगाएकाे चश्मालाई झिकेर भुइँमा राख्दै दुई हत्केलाका छेउले गालामा झरेका आँशुलाई पुछ्दै उनकाे बारेमा भिडियाे-बाट जानाकारी पाए जति मनमा उठेका तरङ्गहरूलाई कापीमा छताछुल्ल हुनेगरी पाेख्न मन लाग्याे ।अनि यसरी सुरू गरेँ लेखनलाई—”

अभागी भित्रकाे भाग्यमानी श्रीमान्”:

हाम्राे हिन्दु संस्कारनुसार श्रीमान-लाई देवताकाे रूपमा मानेर मान सम्मान गर्ने मनमा जति नै पीडाका भारी बाेके पनि बाहिर दिव्य मुस्कान छर्नुपर्ने ,श्रीमान् जस्ताेसुकै हाेस् राम्राे ,नराम्राे असल, खराब,श्रीमती-लाई माया गराेस् नगराेस्, व्यवहारिक हाेस् वा अव्यवहारिक, बच्चा उत्पादन गर्ने मेसिन बनेर सेवककाे दर्जामा रहेर आफू काेलमा निबुवा पेलिए जस्तै पेलिएर श्रीमानकाे अगाडि मन्द मुस्कान छाेड्नुपर्ने हुन्छ।

अनि यस्तै आफ्ना ईच्छा,आकाक्ष,चाहना, खुशीहरू लाई दबाएर भ्याइ नभ्याइ कम्पुटर जस्तै बनी श्रीमान् बाहिर जान लाग्दा हातमा झाेला र शरीरमा काेटकाे व्यवस्था गरी बालबच्चाहरू-लाई ख्याल राख्दै घरकाे सारा काम निधारमा टीका लगाए जस्तै गर्नुपर्ने र श्रीमान् बेलुका जस्ताे सुकै रूपमा घर आउँदा अपच्य भएका व्यवहार-हरूलाई आफ्नो मनलाई थम-थमाउदै कलेटीे परेका ओठमा मुस्कान छर्नुपर्ने ,नारीमाथि गरिएका दमन सहजै स्वीकार गरे मात्र त्याे श्रीमती’काे श्रीमान् भाग्मानी हुन्छन् ।

जुन श्रीमती परपुरूष, दाजुभाइ, अाफन्तसंग बाेल्छे, खीत्का छाेडेर हाँस्छे, छिटाे-छिटो हिड्छे, अग्रसर भएर केहि काम गर्न खाेज्छे, समाजसेवाकाे भावना बाेकेर हिड्छे, घरकाे आर्थिक मा-मलामा चासाे देखाएर बुझ्न खाेज्छे, त्यस नारीेले पाेथी बासेकाे उपाधि समेत पाउँछे ।त्यस्ति श्रीमतीकाे श्रीमान् अभागी हुन्छन् ।

यहाँ त्यसै अभागी भित्रका भाग्य-मानी श्रीमानकाे श्रीमती अनिताकाे जीवन म’र्नु र बाँच्नुकाे दाेसाधमा रहेकी, डाक्टरले पनि एक प्रकारले आस मारीसकेकाे अवस्थालाई दस-दान वैतर्नी गरेका परिवारले पनि छिया-छिया परेकाे मनलाई संहाल्न बाध्य बनाइरहेकाे अवस्थामा विनाेद खड्काले आफ्नी श्रीमती अनिताकाे जीवन-भर एक अर्कालाई साथ दिएर असल जीवन साथीकाे रूपमा आफ्नाे जाेडीलाई समाजमा उभ्याउने हर प्रयास गरीरहेका छन् ।

कहाँ बिर्सन सक्थे र उनले अग्नी साक्षी राखेर सँगै-बाँच्ने सँगै मर्ने खाएकाे कसम अनि रंगाइदिएकाे सिँउदाे । गुल्मिधारकाेट पिपलधारा घर भएका बाबा कृष्ण खड्का,आमा लक्ष्मी खड्काका संस्कारी काे`खबाट यस धर्तीमा पाइला टेकेका विनाेद खड्काका एक भाइ बुहारी,तीन दिदीबहिनी र एक छाेरी रहेका छन् । उनकाे २०७१साल बैशाष २४ गते मागी विबाह भएकाे थियाे।उनकाे पेशा सीपमुलक सम्बन्धी रहेकाे छ ।

छाेरीकाे आगमनले हर्षित विनाेद र अनिताकाे भविष्यमा काठमाडौंमा घर बनाइ बाबा,अामाकाे साथमा बसी सुखी जीवन जीउने कल्पना समेत गरेका थिए ।

About admin

Check Also

जस्तोसुकै कालो खुट्टालाई पनि यसरी बनाउनुहोस् केही मिनेटमै गोरो र चमकदार

काठमाडौँ । मौसम परिवर्तनपछि सबैभन्दा धेरै असर छालामा पर्ने गर्दछ। आज हामी तपाईलाई खुट्टालाई गोरो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *