Saturday , June 19 2021
Breaking News
Home / स्वास्थ्य / अक्सिजनको मात्रा राम्रो बनाउन घरमा रोप्नु पर्ने यी साना वनस्पतिहरु बारेमा थाहा छ ? सबैले जानी राखौं

अक्सिजनको मात्रा राम्रो बनाउन घरमा रोप्नु पर्ने यी साना वनस्पतिहरु बारेमा थाहा छ ? सबैले जानी राखौं

काठमाडौँ । अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन । अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन । काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ ।

शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन । जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध हावाको आवश्यक छ । शरीरमा पर्याप्त अक्जिन पुगेन भने शरीरभित्र अनेकौ रोगको संक्रमण हुन्छ ।

अक्सिजन निशुल्क प्राप्त हुने त्यस्तो औषधी हो, जो हामी क्षणक्षणमै उपभोग गरिहेका हुन्छौ । यद्यपी शहरवासीका लागि यो अपर्याप्त हुँदैछ । कलकारखाना, गाडी र मानव निर्मित चिजका कारण उत्पन्न प्रदूषणले हाम्रो फोक्सो भरिंदैछ । यस्तो अवस्थामा हामीले केही काइदा अपनाउन सकिन्छ । संभव भएसम्म रुख रोप्नुपर्छ । रुख बिरुवा स्यहार्ने, हुर्काउने काममा हामीले पनि सहयोगी भूमिका खेल्नुपर्छ । तर, सबै अवस्थामा यो अनुकुलता मिल्दैन ।

के गर्ने त ?

हामीकहाँ केहि यस्ता बनस्पती पाइन्छन्, जसले वायुमन्डललाई शुद्धिकरण गर्न सहयोग गर्छ । राम्रो कुरा त के भने, ति वनस्पती हाम्रो भूगोलमा पाइन्छ । घर, बगैंचामा त्यसलाई रोप्न र हुर्काउन सकिन्छ । घर आँगन, बगैंचा, बार्दली वा गमलामा ति वनस्पती रोप्न सकिन्छ ।

के हुन् यी वनस्पती ?

चमेली : चमेलीको फूल आफैमा सुन्दर हुन्छ । विभिन्न सजावटको सामग्रीमा यसको प्रयोग हुन्छ । चमेली सानो बुट्यान हो, जो घर बगैंचामा लगाउन सकिन्छ । भनिन्छ, चमेलीले वायुमन्डल शुद्धिकरणमा पनि भूमिका खेल्छ । साथै यसले सकारात्मक उर्जा प्रवाह गर्छ ।

घिउकुमारी : घिउकुमारी अति उपयोग वनस्पति हो । औषधिय गुणको घिउकुमारी आर्युवेदमा पनि प्रयोग हुन्छ । यो स्वास्थ्य र सौन्दर्य दुबैमा प्रयोग गर्न सकिन्छ । राम्रो कुरा त के भने, घिउकुमारी घर, बगैंचामा सजिलै लगाउन सकिन्छ । भनिन्छ, घिउकुमारीले रातको समयमा अक्जिन प्रवाह गर्छ । यसले गर्दा हाम्रो आसपासमा घिउकुमारी छ भने, त्यसले स्वास्थ्यमा निकै राम्रो प्रभाव पार्छ ।

तुलसी : तुलसीलाई त हामी पूज्छौ । यो वनस्पती अति उपयोगी एवं महत्वपूर्ण मानिन्छ । आर्युवेदमा तुलसीको खास महत्व छ । यो परम्परागत औषधी हो । बच्चादेखि बृद्धबृद्धका लागि यसले औषधीको कामा गर्छ । बहुउपयोगी तुलसीले पर्यावरणलाई पनि शुद्ध बनाउने बताइन्छ ।

पुदिना : पुदिना, जसको स्वाद मिठो हुन्छ, वास्ना पनि । यसलाई हामी सलाददेखि अचारसम्ममा प्रयोग गर्न सक्छौं । पुदिना खासगरी पेटको समस्यामा उपयोगी मानिन्छ । त्यस्तै रगत शुद्धिकरणमा पनि यसले सघाउ पुर्‍याउँछ । पुदिना हामी औषधीको रुपमा पनि प्रयोग गर्छौ । यो बगैंचा, गमला जहाँ पनि रोप्न सकिन्छ । पुदिनाले हावालाई शुद्ध गर्ने पनि बताइन्छ ।

यी त भए हावा शुद्ध गर्ने वनस्पतीहरु । हावा शुद्ध गर्न प्लास्टिक जन्य कुराहरु नजलाएर पुन: प्रयोग गरे झन् राम्रो हुन्छ । हामीले काम नलाग्ने भनी मिल्काइएको सामग्रीहरुलाई फरक साजसज्जामा प्रयोगमा ल्याउन सकिन्छ । जस्तो कि, गाडी/मोटरसाइकलको टायर । कतिको घरमा गाडी होला, कतिको घरमा मोटरसाइकल/स्कुटर । एउटा निश्चित अवधीपछि टायर काम लाग्दैन ।

टायरमा प्रयोग भएको रबर पुन प्रयोगमा नआउने भएकाले त्यसका कम्पनीहरुले फिर्ता लिदैन । त्यसैले यस्तो टायर फोहोरको रुपमा जम्मा हुन्छ, जसलाईव्यवस्थापन गर्न समेत गाह्रो हुन्छ । तर, तपाईले एउटा यस्तो उपायअपनाउन सक्नुहुनेछ,जसले टायर मिल्काउने होइन, सजाउने बस्तुको रुपमा परिवर्तन हुन्छ ।

खासगरी पुराना टायरलाई तपाईले आफ्नो बगैंचा, करेसाबारीमा सजाउन सकिनेछ । यसलाई सजाउन कुनै गाह्रो छैन । त्यसका लागि टायरमा रंग रोगन गर्न सकिन्छ । टायरलाई रंगीन बनाएपछि त्यसलाई बगैंचामा सुहाउँदो हिसाबले राख्नुपर्छ । त्यसमाथि कुनैपनि किसिमको फूल, बिरुवा रोप्न सकिन्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस् : गाउँ घरमा पाइने दूधे झारका यस्ता छन् अद्भूत फाइदाहरु तुरुन्तै पढेर सेयर गर्नुहोस् !

काठमाडौँ । अहिले मानिसहरु चिकित्स उपचार पद्धतिमा मात्र भर नपरी आयुर्वेदिक पद्धतिइ पनि अगालिरहेका छन्। किन भने चिकित्सा पद्धतिका धरै साइड इफेट रहेको हुन्छ त्यसैले बजारमा अहिले थुपै जडिबुटी औषधि पाइने गर्दछन। आज हामी तपाइलाई हाम्रो वरपर पाइने दुधे झारको बारेमा हामी चर्चा गछौ। जुन झारको प्रयोगबाट थुपै रोगको उपचार गर्न सकिन्छ। दुधे झार सेतो दुध जस्तो रस निस्कने काण्ड भएको पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो। यसलाई नेपालीमा दुधे झार, अंग्रेजीमा कमन स्पर्ज भनिन्छ। यसको बिरुवालाई ‘आस्थमा प्लान्ट’ भन्ने गर्दछ। किनकि यो दम रोग (आस्थमा) को घरेलु उपचारमा प्रयोग हुन्छ। उक्त बिरुवामा ट्राइटरपेन, फाइटोस्टेरोल्स्, टानिन्स्, पोलिफेनोल्स्, फ्लाभोन्वाइड्स, इसेसिन्यल आयल, अल्कल्वाइड्स, सापोनिन्स्, एमिनो एसिड्स, मिनरल्स् (खनिज पदार्थहरु) पाइन्छन्। आस्थमाको चियाले सुख्खा खोकीलाई नरम बनाएर खकार निकाल्न सजिलो बनाउँछ। साथै यसमा पाइने क्युरसिट्रिन (एक प्रकारको फ्लाभोन्वाइड ग्लाइकोसाइड) मा पखाला रोक्ने (एन्टि डायरिया) गुण पाइन्छ। साथै यो आस्थमा बिरुवा पेटसम्बन्धी अरु गडबडी जस्तै आउँ, जुका तथा अन्य परजिवीहरुको उपचारमा प्रयोग गर्न सकिन्छ। उक्त बिरुवा खासमा सुख्खा खोकी, सास फेर्न गाह्रो पर्ने, ज्वरो आउने र अरु लक्षणहरुको उपचारमा प्रयोग हुँदै आएको जडीबुटी (हर्बल अल्टरनाटिभ) हो। यो विरुवा उमालेर चियाझैँ पिउन सकिन्छ र खोकीको लागि प्राथमिक उपचारको रुपमा लिन सकिन्छ। यस बिरुवाको पानी रस (आक्वायोस् एक्सट्राक्ट) मा एनजियोलाइटिक, एनाल्जेस्टिक, एन्टिपाइरेटिक र एन्टिइन्फ्लामेटोरी गुणहरु पाइन्छन्। साथै यसमा एन्टिअक्सिडान्ट र फ्रि राडिकल स्काभेन्जिङ गुण हुन्छन्। अल्प रक्तचाप र डेंगु ज्वरोको उपचार तथा ब्लड प्लेटलेट्स बढाउन पनि यो प्रयोग गरिन्छ। यसको जराको काडा दुध राम्ररी नआउने सुत्केरी महिलाको लागि फाइदाजनक पाइएको छ। छालाको रोग तथा घाउको उपचारमा समेत यसको प्रयोग गरिन्छ। कुनै पनि प्रकारको खोकीको उपचारमा यो बिरुवालाई पिसेर पाम तेलसंँग मिसाएर खुवाइन्छ। यसलाई तरकारीको रुपमा खुवाएर अल्सरको उपचार गरिन्छ। यो शक्तिशाली औषधीय बिरुवा हो त्यसैले यसको प्रयोग होशपूर्वक गर्नुपर्छ। यो पनि पढ्नुहोस् : पुदिनाको सेवन गर्ने गर्नु भएको छ भने एकचोटी अवश्य पढ्नुहोला, यस्तो बन्दै छ पुदिना सेवन गर्नेहरुको शरीर

काठमाडौँ । गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ ।

बाह्रै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ ।

विभिन्न रोगमा पुदिनाको प्रयोग : अपच:दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५/६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ ।

पेट फुल्ने:पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।

क्यान्सर:पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०/१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।

काटेको घाउमा:कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।

मुर्छा:सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।

ज्वरो:पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ ।

पेट दुखाइ:पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ ।

दम र खोकी:पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ । एजेन्सीको सहयोगमा

About admin

Check Also

सुगर रोगीका लागि यी ७ चिज अमृत सरह, ब्लड प्रेसरलाई पनि गराउँदछ कम !

काठमाडौँ । मधुमेह अर्थात (सुगर) चिनी रोग मानव स्वास्थ्यका लागि एक चुनौतिको रुपमा रहेको रोग …

Leave a Reply

Your email address will not be published. Required fields are marked *