Friday , June 18 2021
Breaking News
Home / समाचार / इजरायलमा रहेका नेपालीहरूबाट टोखामा आयो यति ठुलो सहयोग (भिडियो हेर्नुहाेस्)

इजरायलमा रहेका नेपालीहरूबाट टोखामा आयो यति ठुलो सहयोग (भिडियो हेर्नुहाेस्)

पाथिभरा अनलाइन । कोरोनाको कहरले बिश्व नै तहसनहस पारिरहेको बेला नेपाल अछुतो रहन सकेन । यतिबेला कोरोनाकाे दोश्रो लहरले चुर्लुम्म डुबेकाे नेपालमा लकडाउन चलिरहेको छ। करिव महिना दिनदेखि कोरोना लागेर निको हुने क्रममा विभिन्न अस्पतालहरूमा मृत्यु हुनेहरूको सँख्या मन दुखाउने नै छ । यसका लागि विभिन्न आइशोलेसन सेन्टरमा स्वास्थ्यलाभ गरिरहनु भएका विरामीहरूमा अक्सिजनकाे अभाव हुने देखिएकाे छ ।

यस्तो बिषम परिस्थितिमा मान्छेकाे जिन्दगी जोगाउनु नै मानविय धर्म भएकाले इजरायलमा जन्मिएको मानविय सेवामा समर्पित सँस्था “सहयोगी मनहरुको समाज”ले आज टोखा नगरपालिका अन्तर्गत रहेको चण्डेश्वरी स्वास्थ्य केन्द्र आइशोलेशन सेन्टरलाई अक्सिजन कन्सर्नट्रेटरका साथै अन्य स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको छ । यसका लागि इजरायल च्याप्टरका अध्यक्ष सुमन कार्की लगायत साथीहरूले सहयोग रकम पठाउनु भएकाे थियो ।

यस्तै इजरायलमै कार्यरत नेपालीहरू जो सँस्थामा आवद्ध नभएर पनि मानविय क्षति, देशमा लकडाउनले पारेको असर आदिको मध्यनजर गर्दै नेपालमा सहयोग गर्न चहाना राख्नुभएका सहयोगी मनहरू बिजय डिसी लगायतका केहि साथीहरूले समेत स्वास्थ्य सामाग्री अक्सिजन कन्सर्नट्रेटर किन्नका लागि रकम पठाउनु भएकाे थियो ।

इजरायलमा पसिना बगाउने नेपाली मनरूकाे संस्था सहयोगी मनहरूको समाज, इजरायल च्याप्टर, इजरायलमै रहनु भएका नेपालीहरुको सहयोग रकमबाट सो सेन्टरलाई २ थान अक्सिजन कन्सन्ट्रेटर,ह्यान्ड सेनिटाइजर, मास्क र सर्जिकल ग्लोभहरू बितरण गरिएको संस्थाका महासचिव हरि प्रसाद मानन्धरले बताउनु भयो ।

उक्त कार्यक्रममा देशमा परेकाे यस्तो परिस्थितिमा सँस्थाकाे कार्यालय नै अवस्थित उक्त नगरपालिकामा हाम्रो उपस्थिति हुन पाएकाेमा खुशी ब्यक्त गर्दै हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरूका लागि सहयोग गर्नुहुने सहयोगी मनहरूकाे समाज, इजरायल च्याप्टर तथा सहयोगमा साथ दिनुहुने अन्य नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अभार ब्यक्त गर्नु भएकाे थियो ।

बाँकी भिडियोमै हेर्नुहाेस्

About admin

Check Also

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *