Monday , June 14 2021
Breaking News
Home / समाचार / “खुसीको खबर ” नेपालमा आज एकैदिन ८८४८ जना को’रोनामुक्त, कति थपिए संक्रमित ?

“खुसीको खबर ” नेपालमा आज एकैदिन ८८४८ जना को’रोनामुक्त, कति थपिए संक्रमित ?

काठमाडौं ।नेपालमा को’रोना संक्रमित निको हुने क्रम ह्वातै बढेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित नि’को भएका छन् । एकैदिन संक्रमणमु’क्त भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो ।

योसँगै सं’क्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख १० हजार ८६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६१ सय ५३ जनाको मृ’त्यु भएको छ ।पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९८० जनालाई संक्रमण पुष्टि भएको छ भने १२९ संक्रमितको मृ’त्यु भएको छ ।

अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् । त्यस्तै को’रोना संक्रमणबाट राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका प्रबन्धक रविन्द्र मण्डलको शनिबार बिहान ९ः०० बजे नि’धन भएको छ । धनुषा जिल्ला वि’धेह नगरपालिका वडा नं ५ मुडिया घर भएका प्रबन्धक मण्डल बिगत ४ बर्ष देखी राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा कार्यरत रहेका थिए ।

रामेछापमा को’रोना सङ्क्रमण भै आफ्नै जिल्ला धनुषाको जनकपुर स्थित जानकी हे’ल्थ कि’यरमा उपचारका क्रममा मण्डलको आज ९ः०० बजे नि’धन भएको राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखाका बरिष्ठ सहायक सुदर्शन पौडेलले जानकारी दिए ।मण्डल विगत ४ वर्षदेखि राष्ट्रिय वाणिज्य बैंक मन्थली शाखामा शाखा प्रबन्धकमा कार्यरत रहेका थिए ।

स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार मण्डललाई वैशाख २५ गते ए’न्टिजेन्ट परीक्षण गर्दा को’रोना सङ्क्रमण पुष्टि भएको थियो । को’रोना सङ्क्रमपछि स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि परिवारले गृह जिल्ला धनुषा लगेका थिए ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *