Friday , June 18 2021
Breaking News
Home / धर्म सस्किर्ती / सोमबार चम्किनेछ यी राशि हुनेहरुको भाग्य, जेठ १७ गतेको राशिफल हेर्नुहोस्

सोमबार चम्किनेछ यी राशि हुनेहरुको भाग्य, जेठ १७ गतेको राशिफल हेर्नुहोस्

मेषः नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ । पुराना कमिकमजोरीहरुलाई सच्याउदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

वृषः खर्च बढेपनि यात्राको तय हुनेछ । विदेशमा बसेर पेशा व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहेको छ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्तसँग सैद्धान्तिक राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेममा धोका तथा अविश्वास सिर्जना हुनेछ ।

मिथुनः प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । बित्तिय क्षेत्रसँग सम्वन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

मिथुनः प्रेममा सामिप्यता बढेर जानेछ । पैत्रिक सम्पत्तीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । बित्तिय क्षेत्रसँग सम्वन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । सिमित स्रोत साधनको प्रयोग गरी असिमित आवश्यक्ताहरु पुरा गर्न सकिनेछ । ईच्छाईएका वस्तु प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

कर्कटः राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरुको आशिर्वाद लिदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पत्ती प्राप्त हुनेछ ।

सिंहः भाग्य भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ । पढाई लेखाईको लागि समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रवल सम्भावना रहेको छ ।

कन्याः खानपान तथा मौसमको ध्यान दिनहोला समय मध्यम रहेको छ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउने हुनाले ईज्जत प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाई लेखाईमा मन नजाँदा प्रतिस्पर्धीहरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दी आउनेछ ।

तुलाः भौतिक सम्पत्ती तथा विलाशी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यवसायकै शिलशीलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ती हात पार्न सकिनेछ । वौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।

वृश्चिकः न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । विद्या तथा कुनैपनि प्रतिस्पर्धामा तपाईकै जित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक मु द्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेको छ । माया प्रेममा विस्वास गर्दै नयाँ ठाउँको यात्रामा निस्कन सकिनेछ ।

धनुः वौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा वाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाईलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा विलाशी सामान प्राप्तीको गतिलो योग रहेको छ ।

मकरः व्यापार व्यवसायमा भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि,सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्यको दृष्टिकोणले समय प्रतिकुल रहेपनि राम्रा काम गर्न सकिनेछ । आफन्त तथा आमासँग सामान्य मनमुटाव सिर्जना हुनेछ भने यात्राको तय हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता हुनेछ ।

कुम्भः न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाई लेखाईमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुबै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ ।

मीनः व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने तथा लगानी बढाउँदा भविष्यमा आम्दानी भईरहनेछ । विभिन्न अवसरको सदुपयोग गर्दै मनग्गे भनेजस्तो लाभ लिन सकिनेछ । आफन्त तथा कुटुम्बसँगको बसाईमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

About admin

Check Also

बिहिबारको सूर्य ग्रहणमा यी राशिलाई पर्दैछ यस्तो , केही राशीलाई भने हुनेछ धेरै राम्रो

यस वर्षको पहिलो सूर्यग्रहण बिहीबार, जून १० मा भइरहेको छ । हिन्दू क्यालेन्डरका अनुसार यो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *