Friday , June 18 2021
Breaking News
Home / समाचार / शिक्षकको तलब एकैपटक झण्डै ९ हजार बढ्यो

शिक्षकको तलब एकैपटक झण्डै ९ हजार बढ्यो

काठमाडौं । सरकारले निश्चित व्यबस्था भएका शिक्षकको तलब बढाएको छ ।बाल विकास केन्द्रका शिक्षकहरुका लागि खुःशीको खबर आएको हो ।नेपाल सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएको हो ।सरकारले अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएको र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषणमार्फत पारिश्रमिक बढाएर न्यूनतम १५००० पुर्याएको जानकारी दिनुभयो ।यसअघि बाल विकास केन्द्रका शिक्षकहरुले मात्र ६ हजार १० रुपैयाँमा काम गर्दै आएका थिए । अहिलेको सरकारले झण्डै दोब्बर भन्दा बढी रकम बढाएको हो । झण्डै ९ हजार अर्थात ८९९० रुपैयाँ बढेको हो ।

१३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गरिने, छात्रवृत्तिको दायरा वृद्धि
आगामी वर्ष सरकारले १३ जिल्लामा आवसीय विद्यालय सञ्चालन गर्ने भएको छ। आज आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रसुवा, महोत्तरी लगायतका १३ जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै सहिद, कोभिडबाट मृत्यु भएका, एचआईभीबाट मृत्यु भएका, गरिब छोराछोरीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने समेत घोषणा गरेका छन् । आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने, नेपाल टेलिभिजनबाट शैक्षिक च्यानल सञ्चालन गरिने समेत बजेट भाषण मार्फत उनले घोषणा गरेका छन् ।

चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विस्तार गरी कक्षा कोठा निर्माण प्राविधिक शिक्षकको व्यवस्था, शिक्षक तालिम, स्वयंसेवक शिक्षक परिचालन, विज्ञान प्रयोगशाला, सूचना प्रविधि ल्याव, खेल मैदान र खेल सामाग्रीको व्यवस्था लगायतका शैक्षिक पूवार्धार र गणुस्तर अधिवृद्धि कार्यक्रम सञ्चालन गरिने समेत सरकारले घोषणा गरेको छ।

About admin

Check Also

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *